काभ्रे । काभ्रे जिल्लाको डाँडापारी स्थित महाभारत गाउँपालिकामा सडक कालोपत्रेका लागि सडकमा इतिहास कै सबैभन्दा ठुलो बजेट झन्डै १ अर्ब विनियोजन भएको छ ।

चालु आर्थिक वर्ष २०७९/८० मा समपुरक बजेट अन्तर्गत बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले महाभारत गाउँपालिकाको सडक  निर्माणका लागि ९८ करोड ७४ लाख १७ हजार ३०८ बजेट विनियोजन गरेको हो । जसमा सडक कालोपत्रेदेखि सडकको स्तरोन्नति योजना समेटिएका छन् ।

सो बजेट बाट पिंगथली, राजबास, भुमिचुलि, बुढाखानी,देविटार सडक खण्ड झन्डै १७ कि. मि. सडक कालोपत्रे हुनेछ ।सो बजेट स्वीकृत भइ ठेक्काको लागि बोलपत्र आव्हान समेत भएको छ ।

गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा(संसार) ले मन्त्रालयमा केही समय पहिले समपुरक अनुदानका लागि योजना माग गरेको थियो । जस बजेटका लागि नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य तथा प्रतिनिधि सभा काभ्रे क्षेत्र नं. १ का लोकतान्त्रिक-वाम गठबन्धनका साझ उम्मेदवार सूर्यमान दोङ (लालध्वज) र वगामती प्रदेश सरकारका युवा तथा खेलकुद मन्त्री तथा प्रदेश सभा (क)का उम्मेदवार रत्न ढकालको विशेष पहलमा विनियोजन भएको हो ।

यस अघि पनि ९ किलोमिटर सडक पिच गर्नका लागि दोङ र ढकालको विशेष पहलमा ४९ करोड बजेट व्यवस्था भई काम भइरहेको छ । यो सँगै अब २५ किलोमिटर सडक चाँडै नै पिच हुने अध्यक्ष जिम्बाले जानकारी दिए । ठेकेदारको ढिलासुस्तीका कारण सो सडक निर्माणमा ढिलाई भएपनि समय सिमा भित्र नै सडक पिच हुने उनले बताए ।

बजेट व्यवस्थापन सँगै उनले माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), वागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र पाण्डे, पूर्व उर्जा राज्य मन्त्री दोङ र युवा तथा खेलकुद मन्त्री ढकाललाई समेत धन्यवाद दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय