काभ्रे । नेकपा एमाले काभ्रेको १० औं जिल्ला अधिवेशन नजिकै गर्दा तयारी तीब्र रुपमा भइरहेको छ । आमागी पौष २३ गते धुलिखेलमा हुने अधिवेशनमा पार्टी अध्यक्ष केपी ओलीले सम्बोधन गर्ने हुँदा जिल्ला कमिटीले तयारीलाई विशेष बनाएको हो ।

कार्यालय सचिव हरिकुमार मैनालीले अधिवेशनमा विद्युतीय भोटिङ मेशिन प्रयोग गरिने बताए । उनका अुनसार निर्वाचनको तयारी स्वरुप ४० वटा मेशिनको प्रयोग गरिने छन् । जुन प्रयोग भएमा काभ्रेमै पहिलो पटक विद्युतीय मतदान हुनेछ ।

एमालेको विधानअनुसार सबै पदमा निर्वाचन भएमा प्रतिनिधीले मेशिनमार्फत मतदान गर्नेछन् । विधानले निर्देशन गरे अनुसार जिल्ला अध्यक्षदेखि विभिन्न आयोगसम्ममा मतदान गर्नु पर्नेछ ।

कार्यालय सचिव मैनाली अधिवेशनमा १ हजार ५ सयको हाराहारीमा प्रतिनिधिले मतदान गर्ने बताए । यद्यपी सर्वसम्मत नै नेतृत्व चयन हुने सम्भावना रहेको उनको भनाई छ । त्यस्तै उनले एमाले काभ्रेले प्रतिनिधीको कार्डमा उच्च प्रविधिको प्रयोग गरेको बताए ।

‘प्रतिनिधिलाई क्युआर कोडसहितको कार्ड उपलब्ध गराउँदै त्यसलाई स्क्यान गरेर मात्रै सभास्थलको बन्द सत्रमा छिर्न पाउने व्यवस्था गर्ने छ,’ उनले भने, ‘अहिले कार्ड स्क्यान गरेपछि उसको सबै विवरण कम्युटरको स्क्रिनमा देखिने गरि काम भैरहेको छ ।’

अधिवेशनमा जिल्लाको १३ वटै स्थानीय तहबाट गरी कम्तिमा ५० हजार मानिस धुलिखेल रंङ्गशालामा उतार्ने गरी तयारी थालेको एमाले काभ्रेले जनाएको छ ।सोही अन्तर्गत बनेपा नगरपालिकाले एमालेका पोलिट व्यूरो सदस्य एंव काभ्रेका इन्चार्ज गोकुल बाँस्कोटा लगायतको उपस्थितिमा बृहत कार्यकर्ताको भेला समेत गरेका छन् ।

कुन पालिकाबाट कति सहभागी
काभ्रे एमाले १० औँ जिल्ला अधिवेशन तामझामका साथ गर्ने भएको छ । जनपरिचालन उपसमितीका संयोजक कंचन अधिकारीका अनुसार जिल्लाका १३ पालिकालाई संख्या समेत तोकिएका छन् ।

जसमा बनेपा नगरपालिकाबाट ५ हजार, पनौती ५ हजार, धुलिखेल ५ हजार, पाँचखाल ३ हजार, मण्डनदेउपुर ५ हजार र नमोबुद्ध २ हजार ५ सय मानिस ल्याउने पर्ने छ । त्यस्तै तेमाल गाउँपालिकाबाट २ हजार, बेथानचोक १ हजार, भुम्लु १ हजार, रोशी १ हजार, महाभारत ३ सय र खानीखोलाबाट कम्तिमा ५ सयको जनसहभागिता धुलिखेलमा गराउने गरी जिम्मा लगाएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय