पनौती, काभ्रे । जिल्लाको पनौतीमा सिलाई बुनाई सम्बन्धि तालिम शुरु भएको छ । सोमबार पनौति नगरपालिका वडा नम्बर ७ कुशादेवि रोड जे. एम लेडिज टेलर्स एण्ड ट्रेनिङ सेन्टरमा एक कार्यक्रमबिच तालिम शुरु गरिएका छन् ।

तालिम दिगो उधाम तथा समाजिक विकास केन्द्र (सेस्डेक) काभ्रेको आयोजना र पनौति नगरपालिकाको सहयोगमा गरीबी निवारणका लागि लघु उधम कार्यक्रम (मेडपा) अन्तर्गत स्तर उन्नतितर्फ एडभन्स सिलाई बुनाई सम्बन्धी तालिम शुरु गरेका हुन् ।

पनौति नगरपाकिाका महिला शाखाका प्रमुख लक्ष्मी पोखरेलले सिलाई बुनाई तालिमबाट महिलाहरुले व्यवसयिक रुपमा आयअर्जन हुने काम गर्ने अवसर सिर्जना हुने बताए । उनले महिलाहरुले व्यवसयिक रुपमा आयअर्जनहुने काम गर्न सकिने हुँदा लगनशील भएर काम गर्न समेत अनुरोध गरे ।

त्यस्तै प्रशिक्षक मेनुका तामाङ अनुसार सिलाई बुनाई सम्बन्धि तालिम एक महिना संचालन हुनेछ । कार्यक्रममा नगरपाकिाका महिला शाखाका प्रमुख पोखरेलसँगै पनौति नगरपालिकाका ब.उ.वि.स सुदर्शन कार्की, सेस्डेकका कोषअध्यक्ष कल्पना विश्वकर्मा, लेखापाल विन्द्र विश्वकर्मा, सेस्डेककै सिलाई संयोजक राजकुमार श्रेष्ठ लगायतको उपस्थिति रहेका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय