पनौती, काभ्रे । जिल्लाको पनौती नगरपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
पनौती नगरपालिका र काभ्रे उद्योग वाणिज्य संघको आयोजना तथा रेयुकाई एईको मासुनागा आँखा अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क आँखा शिविर हुने लागेको हो ।
काभ्रे उद्योग वाणिज्य संघका महासचिव रविन्द्र वैदारले नगरका विभिन्न स्थानमा फरकफरक समयमा आँखा शिविर सञ्चालन गरिने जानकारी दिए । उनका अनुसार पौष २१ गते रेडक्रस भवन पनौती बजारमा, पौष २३ गते कुशादेवि स्वास्थ्य चौकी, कुशादेवि, पौष २४ गते सुनथान प्राथमिक स्वास्थ्य केन्द्र, सुनथानमा हुनेछ ।
त्यस्तै पौष २६ गते खोपासी प्राथमिक स्वास्थ्य केन्द्र खोपासी, पौष २८ गते कलाती भुमिडाँडा स्वास्थ्य चौकी र भुमिडाँडामा निःशुल्क आँखा शिविर सञ्चालन हुनेछ ।
संघले निःशुल्क आँखा शिविरमा सहभागी भएर स्वास्थ्य लाभ लिन नगरबासीलाई अनुरोध समेत गरेको छ ।