मन्थली । रामेछापमा प्रतिनिधिसभा सदस्यमा एमाले उम्मेदवार कैलाशप्रसाद ढुंगेललाई पराजित गर्दै नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ निर्वाचित भएका छन् ।

आइतबार बिहान सम्पन्न मत परिणामअनुसार तामाङले ढुंगेललाई १६ हजार ३ सय ६९ को मतान्तरले पराजित गरेका हुन् । तामाङले ४७ हजार ९८ मत प्राप्त गरे भने एमालेका ढुंगेलले ३० हजार ७ सय २९ मत प्राप्त गरेका छन् ।

रामेछापबाट वाग्मती प्रदेशसभाका दुवै निर्वाचन क्षेत्रमा गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेताहरू निर्वाचित भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय