काभ्रे ।  नेकपा(माओवादी केन्द्र) खानिखोला गाउँपालिका कमिटीले वार्षिक उत्सव मनाइएको छ । आइतबार कमिटीले दोस्रो ऐतिहासिक सम्मेलन भएको १ वर्षको अवधि उपलब्धिमूलकसँगै सफलतापूर्वक बितेको निष्कर्ष सहित उत्सव मनाइएको हो ।

माओवादी केन्द्र बागमती प्रदेशका सचीव इन्द्रबहादुर थिङ (छिन्ताङ)ले एक वर्षको बिचमा खानीखोला माओवादीले गरेको कामको प्रसंसा गर्दै तीनै तहको निर्वाचन एकै पटक गर्ने गरि सबैतिरबाट आवाज उठ्नु पर्ने बताए ।

उनले भने, ‘पुर्ण समानुपातिक प्रणालीबाट स्थानीय तह, प्रदेश सभा र प्रतिनिधिसभाको चुनाव एकैपटक हुनुपर्छ । यसले राज्यको आर्थिक भारलाई समेत कम गर्छ ।’

नेता थिङले नयाँ सरकार गठनको लागि शीर्ष नेताहरूबिच छलफल भइरहेको भन्दै एमाले प्रतिपक्षी भए भने ५ वर्ष भ्रमको झ्याली पिट्दै हिड्ने बताए । ती भ्रमबाट जनता भ्रमित हुनबाट जोगाउन सजक र तयार हुनु पर्ने उनको भनाइ छ ।

यस्तै, माओवादी केन्द्र काभ्रेका संयोजक भोला आर्यालले खानीखोला कमिटीले अपेक्षा गरेभन्दा धेरै काम गरेको भन्दै खुशी व्यक्त गर्दै धन्यवाद समेत दिए ।

माओवादी केन्द्र खानीखोलाका अध्यक्ष अविरल जिम्बाले स्थानीय तह र संघरप्रदेशको निर्वाचनमा खानीखोला कमिटीले पार्टीले दिएको जिम्मेवारी तथा खेल्नु पर्ने भुमिका सफलतापुर्वक निर्वाह गरेको बताए ।

उनले माओवादी आन्दोलनको जगमा देशमा व्यवस्था बदलेको दाबी गर्दै अब जनताको अवस्था बदल्ने काम पनि माओवादीले नेपाली जनताको व्यवस्था बदलेको दिन माओवादीले नै गर्ने बताए । अध्यक्ष जिम्बाले भने,’जनताको अवस्था फेरिदाको दिन मात्र फेरि माओवादीले जितेको अनुभुति गर्नेछ ।’

त्यस्तै सचीव राजन अधिकारीले देशको विकास र समृद्धिसँगै लोकतान्त्रिक गणतन्त्र र संविधान रक्षाको लागि सधै अग्रगामी पक्षधरसँग मिलेर अघि बढ्ने बताए ।

उनले भने, ‘खानिखोला माओवादीले वडा, पालिका, प्रदेश र संघमा आफ्नो दलका उम्मेदवारहरु जितेकोमा घमण्डको कमाई अलिकती पनि गरेको छैन आगामी दिनमा पनि गर्दैन ।’

कमिटीले खानीखोला माओवादीलाई माया र सद्भाव प्रदान गर्नुहुने खानिखोलाको जनसमुदाय, पार्टीको सम्पूर्ण सहकर्मीहरु, शिक्षक बुद्धिजीवी, यूवा, विद्यार्थी ,सन्चारकर्मी, स्वास्थ्यकर्मी, प्रहरी प्रशासन लगायत सबैमा आभार प्रकट गरेको छ ।

समृद्धि र विकास साझा भएकोले सबै पार्टी तथा पक्षसँग सदा सहकार्यको ढोका खुल्ला रहेको माओवादी केन्द्र खानीखोलाले जनाइएको छ ।

अतिथिहरुको मन्तव्य सकेपछि प्रदेश सचीव थिङले बत्ती बालेसँगै माओवादी केन्द्र खानीखोलाका अध्यक्ष जिम्बाले केक काटेका थियो भने एकअर्काले केक खुवाएर कार्यक्रमको समापन गरेका थिए ।

  

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय