काठमाडौ । म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा हिमपहिरोमा पुरिएरका ५० वर्षीय रामबहादुर छन्त्याल अझै छैन् । अति बिकट गुर्जाको सुकेलोट्नेमा गत बिहीबार हिउँपहिरोमा पुरिएका छन्त्याल अझै फेला परेका छैनन् ।

वडाध्यक्ष झकबहादुर छन्त्यालले बेपत्ता भएको ठाउँमा हिउँ नपग्लिएकाले खोज्न समस्या भइरहेको बताए । भेडी गोठमा जाने क्रममा एक्कासी बाक्लो हिमपात भएपछि छन्त्याल चिप्लिएर खोंचमा लडेका थिए ।

वडाध्यक्ष झकबहादुरले उनलाई साथीहरूले उद्धारको प्रयास गरे पनि हिउँमा पुरिएकाले प्रयास सफल नभएको बताए । सोमबार बिहान ४० जना स्थानीयवासीले बेपत्ता भएको स्थान आसपासका क्षेत्रमा खोजी गरेका थिए ।

स्थानीयले समूह बनाएर दैनिक उनको खोजी गर्दै आएका छन् । समुद्र सतहबाट ३२ सय २० मिटर उचाइमा अवस्थित गुर्जा जोड्ने पदमार्ग समेत हिउँले छोपेको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले हाल मोबाइल र इन्टरनेटसेवा सञ्चालान भएकाले स्थानीयलाई सम्पर्कमा सहज भएको बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय