काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अर्गानिक कौसीखेती सुरु गरेका छन् ।
उनले मंगलबार निजी निवास बालकोटमा कौसी खेती सुरु गरेका हुन् ।
नगर प्रमुख मदनसुन्दर श्रेष्ठले मध्यपुर थिमिको जापानी प्रविधिको कम्पोस्ट मल प्रयोग गरेर अध्यक्ष ओलीले कौसीखेती सुरु गरेको जानकारी दिए ।