धुलिखेल, काभ्रे । जिल्ला निर्वाचन कार्यालय काभ्रेले मतदाता नामावली संकलन कार्य जारी रहेको जनाएको छ । कार्यालयले सोमबार एक सूचना जारी गर्दै मतदाता नामावली संकलन कार्य जारी रहेको जानकारी गराएका छन् ।
निर्वाचन कार्यालयले मतदाता परिचय पत्र २०७८ पौष १९ गते अन्तिम मिति भन्ने भ्रमपुर्ण सूचनाको पछि नलाग्न आम जनसुमदाय तथा सरोकारवाला समक्ष अनुरोध समेत गरेका छन् ।
कार्यालयबाट जारी सूचनामा ‘मतदाता नामावली संकलन कार्य नेपाल सरकारबाट निर्वाचनको मिति घोषणा नभएसम्म सूचारु हुने भएकाले मतदाता नामावलीमा नाम संकलन छुट भएका व्यक्तिहरुले लाइनमा बसी आफ्नो नाम मतदाता नामावलीमा समावेश गर्नु हुन यो सूचना प्रकाशित गरिएको छ’ भनी उल्लेख गरिएको छ ।
सूचना