काठमाडौं । सभ्य समाजको पहिचान लैङ्गिक हिंसाको अभियान नाराका साथ बौद्धमा लैंगिक हिंसा विरुद्ध १६ दिने कार्यक्रम सम्पन्न गरिएको छ।
शुक्रबार सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा बौद्ध, छोरङान महिला समाज र एकल महिला समाजको संयुक्त आयोजनामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका सन्दर्भमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै काठमाडौं क्षेत्र नं ३ (क) का बागमती प्रदेश सभा सदस्य छिरिङ दोर्जे लामाले नेपाली समाजमा महिलाबाट पुरुष पनि हिंसामा परिरहेको बताउँदै यसको अन्त्य घर घरबाटै गर्नु पर्नेमा जोड दिए ।


महिलालाई नेतृत्वमा अवसर दिनसके मात्र समाजबाट लैङ्गिक असमानता हटेर समानता आउने उनको भनाई थियो । लैङ्गिक समानता ल्याउन महिलाले मात्र आवाज उठाएर नपुग्ने भएकाले पुरुषले पनि अग्रसर भएर उनीहरुका हक अधिकारका लागि लड्नुपर्ने प्रदेश सभा सदस्य लामाले बताए ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी बौद्धका अध्यक्ष वीर बहादुर लामाको सभापतित्वमा भएको कार्यक्रममा स्थानीय विद्यालय, सुरक्षा निकाय , विभिन्न संघसंस्था, समाजसेवी ,बुद्धिजीवी लगायत सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । प्रभातफेरी सहित बौद्ध परिसर ,बौद्ध पिपलबोट,बौद्ध टुसाल पुनः बौद्ध परिसर हुदै बौद्ध तामाङ कल्याण गुठीको सभा हलमा पुगि औपचारिक कार्यक्रमका साथ समापन गरिएको थियो ।










