जीवन तामाङ काभ्रे । बागमती प्रदेशका पुर्व मुख्यमन्त्री एवं माइती नेपालका अध्यक्ष अनुराधा कोइरालाले देशभित्रै लैङ्गिक हिंसाको स्थिति डरलाग्दो अवस्थामा रहेको बताएकी छिन् ।
शुक्रबार धुलिखेलस्थित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा जिल्ला समन्वय समिति काभ्रे र गैरसरकारी महासंघ नेपाल (गैसस) को संयुक्त रूपमा आयोजित कार्यक्रममा कोइरालाले सो कुरा बताएका हुन् ।


अध्यक्ष कोइरालाले देशमा हिंसाको अवस्था भयवह भएपनि यसबारे राजनीतिक दलका नेताहरु बोल्नै नचाहेको आरोप लगाए । उनले भने, ‘लैङ्गिक हिंसाको स्थिति देशमा डरलाग्दो छ तर नेताहरु यसबारे बेखबर झैं रहेर बोल्नै चहादैन ।’
त्यस्तै उनले महिला तथा बालबालिका बेचबिखन पनि उत्तिकै मात्रमा रहेकोले त्यसको लागि राज्यले नै पहलकदमी नलिएसम्म यसको नियन्त्रण सम्भावना नहुने जिकिर गरे । समिति संस्थाको पहल मात्रै हिंसा रोक्न नसक्ने उनको भनाइ थिइन् । त्यस्तै उनले काभ्रेको सन्दर्भमा अहिले सबैभन्दा बढी रोशीबाट महिला तथा बालबालिका बेचबिखन भइरहेको बताइन् ।
कसले के भने ?
पुर्व मन्त्री एवं प्रतिनिधिसभा सदस्य सुर्यमान दोङले माओवादी आन्दोलनले समानुपातिक समानतासँगै लैङ्गिक हिंसाको विरुद्ध समेत आवाज उठाएको बताए । उनले त्यही माओवादी आन्दोलन जगमै अहिले महिला, बालबालिकासँगै उत्पिडनमा परेका समुदायले आज खुलेर आफ्न कुरा राख्न सक्ने भएको बताए ।
पुर्व मन्त्री तथा काभ्रे-२ का प्रतिनिधिसभा सदस्य गोकुल बाँस्कोटाले देशबाट पुजीवाद हराएमा मात्रै देशमा हिंसा हट्ने बताए । उनले पुजीवादी व्यवस्थाको अन्त्य नभएसम्म लैङ्गिक हिंसा रहिरहने दाबी गरे । बाँस्कोटाले राजनीति , जातीय लगायत सबै क्षेत्रमा हिंसा रहेको बताए ।
बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री रत्नप्रसाद ढकालले लैङ्गिक हिंसाको अभियानमा आफ्नो तर्फबाट गर्नु पर्ने सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बनेपाका बेलर इन्टरनेशनल स्कुलका विद्यार्थीहरुलेक्क्क लैङ्गिक हिंसासँग सम्बन्धित नाट्य नृत्य प्रस्तुत गरेका थिए । लैङ्गिक हिंसा विरुद्ध काम गर्ने १३ जना महिलालाई दोसल्ला र प्रमाणपत्रले सम्मान गरेका थिए । कलाकारहरु मनोज गजुरेल, पशुपति शर्मा, अस्मिता अधिकारीसहित बाल कलाकार सुप्रीम मल्ल, आयुशा गौतम लगायतले साँस्कृतिक प्रस्तुति राखेका थिए ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक गौतमको सभापतित्वमा सम्पन्न कार्यक्रममा जिल्लाका प्रतिनिधिसभा, प्रदेश सभा क्षेत्रसँगै १३ वटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख लगायत विभिन्न संघ संस्थाका प्रतिनिधि र विद्यार्थीहरुको उल्लेख सहभागिता रहेको थियो ।











