मायालु लामा, गाेदावरी । अन्तराष्ट्रिय मानव अधिकार दिवससंगै लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम समापन गरिएको छ ।
‘सबैकाे लागि मर्यादा, स्वतन्त्रता र न्याय’ भन्ने नाराका साथ शनिबार गाेदावरि नगरपालिका -१४ ठैबमा उक्त दिवस मानाइएको हो। हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म निरन्तर १६ दिन विभिन्न कार्यक्रमका साथ लैङ्गिक हिंसा विरुद्ध अभियान मनाइने क्रममा गाेदावरी नगरपालिकाकाे विभिन्न वडाहरूमा प्रशिक्षण दिई अभियानलाई प्रभावकारी ढंगले संचालन गरिएकाेमा आज अभियानकाे अन्तिम दिन पनि लैङ्गिक हिंसा,विद्युतिय अपराध,पारिवारिक शिक्षा तथा मानसिक स्वास्थ्य सम्बन्धि सचेतनामुलक प्रशिक्षण दिदै समापन गरिएको हो ।


हिंसा भनेकाे के हाे ? कति प्रकारका हुन्छन् ? कुन कुन ठाउँमा कसरी हुन्छ ? हिंसामा परेमा के गर्ने ? कसरी सुरक्षित रहने ? लगायतका विषयमा प्रहरी प्रभाग बाडेगाँउका प्रहरी शहायक निरिक्षक अनिल चाैधरी, ओरेककी सुस्मिता रानामगर, गाेदावरी सराेकारकि अध्यक्ष बेवी राजभण्डारी, मिना पाैडेल र साधना विकले प्रशिक्षण दिएका थिए ।
ओरेक नेपालकाे प्राविधिक सहयाेगमा भएकोमा उक्त कार्यक्रममा गाेदावरी नगरपालिका, प्रहरी प्रभाग बाडेगाँऊ, जेसिआई गाेदावरी र मञ्जुश्री असहाय संरक्षण केन्द्र ललितपुरकाे सहकार्य रहेकाे थियाे ।
कार्यक्रमलाई सम्बाेधन गर्दै नेकपा माओवादी केन्द्रकी नेतृ एवं बागमती प्रदेशकी समानुपातिक सांसद उर्मिला लामाले महिला आन्दोलनलाई स्मरण गर्दै संविधान र राज्यले स्वीकार गरेको ३३ प्रतिशत सहभागिता कार्यान्वयनमा ल्याउन सबै क्षेत्रका महिलाहरु लाग्नुपर्नेमा जोड दिईन । व्यवहारिक पक्ष र कार्यान्वयन पक्ष नै फितलो भएको बताउँदै आगामी दिनमा महिला सहभागीता बढाउनका लागि हरेक क्षेत्रबाट पहल हुनुपर्ने बताईन् । यसैगरी, कार्यक्रममा प्रशिक्षक तथा सहयाेगी संस्थाहरूलाई सम्मानपत्र वितरण गरिएको थियाे ।

कार्यक्रममा छिमेकी महिला समूहका सदस्यहरु, सृजनसिल महिला समुहका सदस्यहरु, प्रहरी प्रभाग बाडेगाँउका प्रहरी, मन्जुश्री असहाय संरक्षण केन्द्र ललितपुरका सदस्यहरु, गोदावरी सरोकारका सदस्यहरु,पत्रकार लगायत गरि ५० जना भन्दा बढीकाे सहभागीता रहेकाे थियाे थियाे ।
यसैगरी, शुक्रबार गाेदावरी नगरपालिकाद्वारा आयाेजित कार्यक्रमममा गाेदावरी सराेकार, नागरिक आवज, क्यान नेपाल लगायतकाे सहकार्य रहेकाे थियाे । कार्यक्रममा उपमेयर मुना अधिकारीले लैङ्गिक हिंसा न्यूनीकरणमा नगरपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै जाने र लैङ्गिक हिंसा रहित समाज निर्माणमा जोड दिने बताईन् ।
यस्तै, गाेदावरी नगरपालिका महिला तथा बालबालिका प्रमुख नानिमैया कार्कीले पछिल्लो समय हिंसाका प्रवृत्ति र स्वरूपमा परिवर्तन हुँदै आएकाले यस्ता खालका अभियानले हिंसा न्युनिकरणा केही सहज हुने बताईन् ।
पछिल्लो समय महिला मात्र नभएर पुरूषहरू पनि कतिपय अवस्थामा हिंसाको सिकार बन्दै गईरहेकाे बताउँदै गाेदावरी सराेकारकी अध्यक्ष बेवी राजभण्डारीले
लैङ्गिक हिंसा अन्त्य घर घर बाटै गरिनुपर्ने बताएकी थिईन् । साथै उनले पछिल्लो समय प्रबीधिको तीव्र विकाससँगै विकास संगै विद्युतीय अपराधका घटना बढी हुने गरेकाले धेरै जसाे महिलाहरूका साथे किशोर र किशोरीहरूकाे मानसिक स्वास्थमा असर परिरहेकाे बताईन् ।
महिला विरुद्धको हिंसा संरचनात्मक विभेदको परिणाम भएकाले यस्ता खालकाे विभेदको अन्त्यका लागि राज्यका हरेक संरचनामा रहेको पितृसत्तात्मक सोच र मूल्य मान्यताको अन्त्य गरिनु अपरिहार्य रहेकाे उनी बताउँछिन् ।











