साधारणसभामा निशुल्क दन्त शिविर सन्चालन
काभ्रे । श्रमिक जनउत्थान बचत तथा रिन सहकारी संस्था लि। को १३ औं बार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिबार बनेपास्थित कार्यक्रमबिच श्रमिक जनउत्थान साकोसको साधारणसभा सम्पन्न भएको हो ।
वार्षिक साधारणसभा काभ्रे जिल्ला सहकारी संघको अध्यक्ष दिलिप शार्माको प्रमुख अतिथित्य तथा संस्थाका अध्यक्ष राजन अधिकारीको सभापतित्वमा भएको थियो ।


कार्यक्रममा आर्थिक बर्ष २०७८/०७९ को सचीव र कोषाध्यक्षको प्रतिबेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुतसगै नीति, कार्यविधि परिमार्जन एवं पारित, संस्था एकीकरण तथा सेवा केन्द्र विस्तार लगायतका निर्णयहरु भएका छन् ।
त्यस्तै संस्थाको अध्यक्ष अधिकारीले आर्थिक वर्ष ०७८/०७९ मा संस्थाको शेयर पुँजी १ करोड ५ लाख ४८ हजार ९ सय पुगेको जानकारी दिए । उनका अनुसार संस्थामा २ हजार ५० भन्दा बढी सदस्य आवद्ध छन् ।
सहकारीको साधारणसभाको अवसरमा निशुल्क दन्त शिविर समेत सन्चालन गरिएको थिए । दन्त शिविर श्रमिक जनउत्थान साकोसको समन्वय र बनेपा डेण्टल कियर प्रा. लि. को सहयोगमा सन्चलान भएको हो ।
डेण्टल कियरका म्यानेजिङ डाइरेक्टर बिजय बोगटीले एक सय जना भन्दा बढिको दन्त चेकजाँच भएको बताए । त्यस्तै दन्त शिविरमा डेण्टल कियरका डा.सिम्रन खतिवडा र हाइजेनिष्ट सुजन न्यौपाने असिस्टेन्ट अमृता पुलामी लगायत खटिएका थिए । साधारणसभामा आउने संस्थाका सदस्यहरुको चेकजाँच गरिएका हुन् ।
केही तस्वीरहरु :











