
काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज उजुरी लिने भएको छ । उम्मेदवार बन्न अयोग्य रहने कुनै कारण भए जोसुकैले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सक्ने निर्वाचन आयोगले जनाएको छ ।
त्यसका लागि आज विहान १० बजेदेखि दिउँसो ४ बजेसम्मको समय तोकिएको छ। उम्मेदवारमाथिको उजुरी र मनोनयनपत्र उपर भोलि र पर्सि जाँचबुझ गर्ने आयोगको कार्यतालिका छ। त्यसपछि २३ गते दिउँसो ३ बजेपछि आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने छ ।


पुस २४ गते उम्मेदवारलाई नाम फिर्ता गर्न समय दिएको आयोगले २५ गते अन्तिम नामावली प्रकाशन गरी निर्वाचन चिन्ह प्रदान गर्ने जनाएको छ । माघ १२ गते १९ पदका लागि हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा हिजो सातै प्रदेशमा गरी ४३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यो पनि पढ्नुहोस्
राष्ट्रिय सभामा उम्मेदवारले साढे तीन लाख मात्र खर्च गर्न पाउने