काभ्रे । जिल्लाको पनौती नगरपालिकास्थित् त्रिवेणीघाटमा माघे सङ्क्रान्तिमा पनौतीमा मकर मेला लाग्ने गर्दछ । प्रत्येक बाह्र वर्षमा लाग्ने मकर मेला माघ १ गतेदेखि शुरु हुनेछ । मेला लाग्ने प्रमुख स्थान पनौतीस्थित त्रिवेणीघाट हो । उक्त स्थानमा नुहाई त्यहाँको जल उत्तरतर्फ कुञ्जगिरीमा अवस्थित गोरखनाथलाई अर्पण गर्नाले ठूलो पुण्य मिल्ने धार्मिक आस्था छ ।

इतिहासविद्ले राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको जनाएका छन् । तीन नदीको संगमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्त रूपमा बहिरहेको मान्यता रहेको छ ।

भारतको प्रयागमा गंगा र यमुना नदीको संगममा गुप्तरूपले सरस्वती नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पुण्यमाता नदीलाई लीलावती र गुप्तरूपले बहेकी ब्रह्मायणी मन्दिरको मुनिबाट दूध बग्ने नदी पद्मावती मानिँदै आइएको छ ।

स्कन्द पुराणअन्तर्गत हिमवत् खण्ड (नेपाल महात्म्य) मा वर्णन गरिएअनुसार परापूर्वकालमा ब्रह्माले ‘अहिल्या’ गौतम ऋषिलाई नासोको रूपमा सुम्पिएका थिए । देवराज इन्द्र अहिल्याको रूपबाट मोहित भई ऋषिको भेषमा अहिल्याको सतित्वहरण गरेका थिए ।

स्नान गरी फर्कदा इन्द्रबाट अहिल्याको सतित्वहरण भएको थाहा पाएपछि क्रोधित ऋषिले श्राप दिएपछि इन्द्रको शरीरमा हजारौँ योनि पाप चिह्नका रूपमा देखिएको थियो ।

सतित्वहरणपछि पत्थरझैँ विवेकहीन अवस्थामा रहेपछि ऋषिले अहिल्यालाई शिला हुने श्राप दिएका र त्रेतायुगमा मर्यादा पुरुष रामचन्द्रको जन्म हुने र उनकै स्पर्शपछि अहिल्याको श्राप मोचन हुने भनिएको छ ।

पनौतीस्थित इन्द्रेश्वर महादेव मन्दिरको उत्तरपूर्व कुनामा अवस्थित अहिल्या (शिला)लाई काठमाडौँको काष्ठमण्डपपछि पुरानो कलाकौशलयुक्त मन्दिरको रूपमा गनिएको छ । शरीरभरी योनि भएका देवराज इन्द्र पनौतीमा आई १२ वर्षसम्म ‘श्री महादेव’को तपस्या गर्दा पापमुक्त भएपछि सोही बेलादेखि मकरमेला चल्दै आएको विश्वास छ ।

अर्को किंवदन्ती अनुसार राजा प्रताप मल्लले रानीपोखरी बनाइसकेपछि विभिन्न तीर्थस्थलको जल राख्ने क्रममा पनौतीस्थित त्रिवेणीघाटको जल पनि राखेको शिलालेखमा उल्लेख गरिएको इतिहासविद्ले जनाएका छन्। तीन नदीको संगमस्थल त्रिवेणीघाटमा पुण्यमाता र रोशी खोलाबाहेक पद्मावती नदी गुप्तरुपमा बगिरहेको मान्यता रहेको छ ।

भारतको प्रयागमा गङ्गा र यमुना नदीको संगममा गुप्तरुपले सरस्वती मिसन नदी बहेझैँ पनौतीस्थित रोशीलाई रुद्रावती नदी, पून्यणमाता नदीलाई लिलावती र गुप्तरुपले बहेकी ब्रह्मायणी मन्दिरमुनिबाट दूध बग्ने नदी पद्यमावती मानिँदै आइएको छ ।

पनौतीको उक्त त्रिवेणी संगममा हरेक वर्षको माघ महिनामा साँखु र भक्तपुरमा माधवनारायण देवतालाई यहाँ ल्याएर दुई दिनसम्म राखिन्छ ।

मंगलबार मेकर मेला लाग्ने क्षेत्र त्रिवेणीघाटमा एक अनौठो सर्प निस्केका थिए । तर त्यसलाई स्थानीयले बासुकी नाग भएको बताएका छन् । उनीहरुका अनुसार यसअघि पनि मकर मेलाको पुर्वसन्ध्यामा बासुकी नाक उक्त नाक निस्किने गरेका छन् । ती नाक मकर मेलाको तयारी कस्तो हुदैँ छ भनेर अनुमागन गर्नको लागि निस्किने गरेको स्थानीयको भनाई छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय