तेमाल, काभ्रे । बालबालिका तथा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको छ । वाइविओ कम्युनिटी/क्लव नेपालको सहयोगमा जिल्लाको तेमाल गाउँपालिका–३ स्थित सरमथलीका बालबालिका तथा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको हो ।

कार्यक्रममा काली देवी आधारभूत विद्यालयका ५० जना र ६० वर्ष माथीका १ सय ५० जनालाई न्यानो कपडा वितरण गरिएको छ । चिसो बढ्दै गएसँगै वडा अध्यक्ष विष्णु बहादुर तामाङको पहलमा कपडा वितरण कार्यक्रम गरिएका हुन् ।

संस्थाका कार्यकारी निर्देशक धिरेन्द्र तामाङले कारखानाको पहिलो उत्पादन नै जेष्ठ नागरिक तथा बालबालिकालाई दिन पाउँदा खुुसी लागेको बताए । त्यस्तै बालबाालिका तथा जेष्ठ नागरिक पनि कपडा पाएपछि निकै खुसी देखिएका छन् ।

वडा अध्यक्ष तामाङले सहयोगी संस्थालाई धन्यवाद दिँदै अगमाी दिनहरुमा अझ धेरै जनताको सेवामा आफु निरन्तर लाग्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय