रोशी, काभ्रे । जिल्लाको रोशी गाउँपालिकाले ‘एक गाउँ एक अधिकृत र एक इन्जिनियर उत्पादन कार्यक्रम’ कार्यान्वयनतर्फ अघि बढाएका छन् ।
गाउँपालिकाको मंगलबार एक सूचना जारी गर्दै आ.व २०७८÷०७९ को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत सो कार्यक्रमलाई कार्यन्वयनको लागि आवश्यक पक्रिया अघि बढाएका हुन् ।
गाउँपालिकाद्धारा जारी सूचनामा ‘सार्वजनिक सेवामा विपन्न तथा जेहेन्दार नागरिकको पहुँच पुर्याउन एक गाउँ एक अधिकृत तथा एक गाउँ एक इन्जिनियर उत्पादन कार्यक्रमका लागि रोशी गाउँपालिकामा स्थायी बसोबास गर्ने योग्यता पुगेका नागरिकहरुलाई निवेदन पेश गर्नका लागि अनुरोध गरिन्छ’ भनी उल्लेख गरिएको छ ।
‘एक गाउँ एक अधिकृत र एक गाउँ एक इन्जिनियर’ उत्पादन प्रोत्साहन कार्यक्रमका लागि आवश्यक कागजात तथा योग्यता पुगेका १/१ जना नागरिक छनौट गरिने गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले आवश्यक कागजातसहित पौष २७ गतेभित्र निवेदन पेश गर्न अनुरोध समेत गरेका छन् ।