काठमाडौं । स्ववियु निर्वाचनका विषयमा विद्यार्थी संगठनका नेताहरुबीच विवाद हुँदा प्रदर्शनीमार्ग स्थित आरआर क्याम्पसमा खुकुरी प्रहार भएको छ ।
खुकुरी प्रहारबाट केही विद्यार्थी नेताहरु घाइते भएका छन् । सिंहदरबार प्रहरी परिसरका एक प्रहरीका अनुसार तीन जना घाइते भएका छन् । उनीहरुको नाम खुलेको छैन ।












