महाभारत,काभ्रे । काभ्रेपलाञ्चोक जिल्लाको डाडाँपारी महाभारत गाउँपालिकाको वडा नम्बर ७ उदाउने भन्ने स्थानमा यात्रुबहाक बस दुर्घटनामा पर्दा ८ जना घाईते भएका छन् ।बनेपाबाट गोकुले धाप जाँदै गरेको बा ४ ख १९९६ नम्बरको हिमाल तारई यतायातको यात्रुबहाक बस दुर्घटना भएको हो ।

आज साँझ ६ बजेर ३० मिनेट जाँदा टायर पन्चट भएर दुर्घटना भएको हो । १५ जना यात्रु रहेको बसमा ८ जना सामन्य घाईते भएको हो ।

महाभारत गाउँपालिका.वडा न.६ बनखु घर भएका ४० बर्षिय चक्र कुवर, जिल्ला सिन्धुली मरिण गाउँपालिका वडा न. १ घर भएका ५८ बर्षिय नेत्र कुमार राना, महाभारत गाउँपालिका वडा न.८ घर्तीछापका ३० बर्षिय बिन्दा आले मगर, खानिखोला गाउँपालिका वडा न.४ जगथली घर भएकी ५८ बर्षिय बिमला माझी, महाभारत गाउँपालिका वडा न.६ गलटारकी ४० बर्षिय पन्चमाया माझी, महाभारत गाउँपालिका.वडा न. ६ की ५१ बर्षिय सनिमाया थिङ्ग, महाभारत गाउँपालिका.वडा न. ६ का १२ बर्षिय रोहन पुलामी र महाभारत गाउँपालिका.वडा न. ६ का ६५ बर्यिय डम्बर बहादुर राना मगर घाईते भएका छन् ।

घाईतेहरुलाई प्रहरी, स्थानीय र जनप्रतिनिधिको टोली उद्धार गरि स्थानीय बनखु स्वास्थ्य चौकीमा उपचार भईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय