काभ्रे । सरकारले विभिन्न कार्यक्रम संचालन गर्दै आएपनि देशभर बालविवाह दर घट्न सकेको छैन । यसैबिच खानीखोला गाउँपालिकाले सडक नाटकमार्फत बालविवाह न्यूनीकरण गर्ने उद्देश्यसहित चेतनामूलक कार्यक्रम ‘जुनकीरी’ प्रदर्शन सुरु गरेका छन् ।

बागमती प्रदेश सरकारको आर्थिक सहयोग तथा गाउँपालिकाको सहकार्यमा बालविवाह सम्बन्धि चेतनामूलक नाटक गाउँपालिकाभित्रका माध्यमिक विद्यालयहरुमा देखाएका हुन् ।

आइतबार आदिइत्यादी नामक संस्थाका कलाकारहरुले धार्ने र वालविकास माविमा नाटक प्रस्तुत गरेका थिए ।

गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ (छिन्ताङ)ले हामी बनाउछौ हाम्रो खानी खोला नारा अन्तर्गत जनचेतनामूलक बाल विवाह गर्नु हुँदैन भन्ने खालका नाटक देखाएको बताए

उनले सम्पत्ति घर नभई वास्तविक सम्पत्ति छोराछोरी भएको बताए । उनले भने, ’सम्पत्ति घर होइन, वास्तविक सम्पत्ति तपाईंको छोराछोरी हो । त्यसैले छोराछोरीको भविष्य प्रती खेलवाड नगरौं ।’

त्यस्तै गाउँपालिका उपाध्यक्ष दोर्जेमान जिम्बाले नाटकले बालविवाह गर्दा के कस्तो समस्या आउँछ भन्ने कुरालाई कलाकारले जीवन्त चित्रण गरेको बताए ।

त्यस्तै १८ गते शारदा मावि देउराली र जनहित मावि महाँकालमा क्रमशः ११ र ३ बजे नाटक देखाइने छ भने १९ गते बुद्ध मावि धाप्लेमा विहान ११ बजे प्रस्तुत हुनेछ ।

त्यसपछि २० गते कुमारी मावि जगथली र भृकुटी मावि सौरे हुँदै २१ गते जनविकास मावि ताल्ढुङ्गमा समापन हुने गाउँपालिकाले जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय