काठमाडौं । विपद ब्यवस्थापन समितिको बैठक आज साेमबार बस्ने भएकाे छ ।
बैठक साेमबार दिउँसो २ बजे बस्ने भएकाे हाे । साथै गृहमन्त्री रवि लामिछानेको आह्वानमा अहिले सुरक्षा संयन्त्रको बैठक पनि बस्ने भएको छ । बैठकमा ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, तीन वटै प्रहरी संगठनका प्रमुखहरु तथा जिल्ला सुरक्षा समितिमा रहेका नेपाली सेनाका अधिकारीहरुलाई बाेलाइएकाे गृहमन्त्रीकाे सचिवालयले जनाएकाे छ ।


उपत्यकामा रहेकाहरुको भौतिक उपस्थिति तथा उपत्यका बाहिरका अधिकारीहरुको भर्चुअल सहभागितामा हुने बैठकमा देशको समग्र सुरक्षा अवस्था तथा जिल्ला प्रशासन कार्यालयहरुबाट हुने सेवा प्रवाहका विषयमा छलफल हुने बुझिएको छ ।










