काभ्रे । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय काभ्रेको अध्यक्षमा राज कुमार तामाङ चयन भएका छन् । नेपाल आदिवासी जनजाति महासंघको सभा हाल बनेपा, बुडोलमा शुक्रबार सम्पन्न ७ औं जिल्ला भेलाले घेदुङ काभ्रेको अध्यक्षमा तामाङलाई चयन गरेको हो ।
घेदुङको उपाध्यक्षमा इन्द्र तामाङ दोङ, महिला उपाध्यक्षमा वेली कुमारी तामाङ, कोषाध्यक्षमा फुलमाया तामाङ, सचिवमा निमा तामाङ (विरेन्द्र) र सह–सचिवमा सिताराम लामा चयन भएका छन् ।


समितिका सदस्यहरमा राममाया तामाङ, जीना तामाङ, पञ्चमाया तामाङ, चीना तामाङ, मिथुन थोकर तामाङ, नरेन्द्र लामा, दिल बहादुर वाईबा, अमृत योन्जन, धोर्जे लामा, सुमन मोक्तान र अरुण लामा चयन भएका छन् ।
जिल्ला भेला फुर्साङ मोक्तानको सभापतित्वमा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य मिना तामाङ (रन्जिता), विशेष अतिथि टासी लामा, अतिथिहरु कुमार घिसिङ, रुप योन्जन, जगत तामाङ, पासाङ डोल्मा तामाङ लगायत जनप्रतिनिधि, जिल्ला समन्वय समितिका सदस्यहरु, १३ वाटै स्थानीय तहका प्रतिनिधि र पर्बेक्षकहरुको उपस्थितिमा सम्पन्न भएको थियो ।










