धुलिखेल, काभ्रे । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ८ जना प्रहरीलाई दज्र्यानी चिन्ह प्रदान गरेका छन् । काभ्रेका प्रमुख प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले जनपद प्रहरी समुह तर्फको प्रहरी हवल्दार पदबाट प्रहरी सहायक निरीक्षकमा बढुवा भएका उनीहरुलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।
दर्ज्यानी चिन्हबाट सुशोभीत हुनेहरुमा प्रहरी सहायक निरीक्षकहरु कमल बहादुर खत्री, रविन्द्र बस्नेत, विर बहदुर साह, विनेश कुकार यादव, संयज प्रसाद यादव, शिवरतन महत्तो, राम बहादुर अधिकारी र राम विनोद प्रसाद साह कलवार रहेका छन् । उनीहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकको निर्णयानुसार दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
त्यस्तै एसपी खत्रीले दज्र्यानी चिन्ह प्रदान गर्दै प्रहरी सहायक निरीक्षक पदमा बढुवा भएका सम्पुर्णलाई सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।
दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा जुनियर तथा सिनियर प्रहरी अधिकृतहरु र प्रहरी हवल्दार तथा जवानहरुको उपस्थिति रहेका थिए ।