गाेदावरी । ”हाम्रो गोदावरी,स्वच्छ सफा र सुन्दर गोदावरी”भन्ने नाराका साथ प्रत्येक शनिबार महिला तथा बालबालिकाकाे पहलमा संचालन हुँदैं आएको गोदावरीखोला क्षेत्र सरसफाइ अभियान अन्तर्गत
आज महालक्ष्मी नगरपालिका वडा नम्बर ६ सानाे गाउँ र वडा नम्बर ८ लुभु जाेड्ने पुलमा सचेतनामुलक सरसफाई कार्यक्रम गरिएको छ ।
अभियानकाे २०३ औं हप्तासम्म आईपुग्दा राष्ट्रका लागि २ घण्टा स्वयंसेवा सबै मिलेर गरेमा उपत्यकाको जिवन्त खाेला गाेदावरी खाेलालाई स्वच्छ, सफा र सुन्दर बनाउन सकिने अभियान्ताहरूकाे भनाइ छ । विश्वभर महामारीको रूपमा फैलिएको काेराेना कहरमा समेत नराेकिएकाे सरसफाइ अभियान हाल पुषकाे जाडाेयाममा पनि जारी छ ।


सरसफाइ अभियान जारी भएपनि शुरूवाति चरणमा र हाल केही फरक नभएको बताउँदै वडा नम्बर ६ का अध्यक्ष धर्म महर्जनले खाेला सफा र स्वच्छ हुन वडाबासीहरू नै सभ्य हुन जरुरी रहेकाे बताए । वडाबासीहरूले नै सचेत भयर खाेलामा फाेहाेर नफाल्ने हाे भने अभियान्ताहरू आउनु नपर्ने उनकाे भनाइ छ ।
यस्तै, वडा नम्बर ८ का सदस्य निरन्जन शर्माले अभियान्ताहरूले खाेलमा फालिएका फाेहाेर कतिन्जेल उठाउने भन्ने प्रश्न गर्दै आगामी दिनमा खाेला फाेहाेर नै नहुने गरि निति लागू गरि फाेहाेर फाल्ने व्यक्ति पहिचान गरी कारबाही गर्नुपर्ने बताए ।
यसैगरी, समाजसेवी बुद्ध महर्जनले उपत्यकाका विभिन्न स्थानमा गाेदावरी खाेलाकाे पानी प्रयोग भईरहेकाे भएपनि खाेला यसरी प्रदुषित हुदा समेत नगरपालिकाहरूकाे ध्यानाकर्षण नभएको बताए ।
खाेलामा मिसिएको ठोस फोहोर उठाई सृजनशिप प्रा. लि. को सहयोगमा व्यवस्थापन गरिएको अभियानकी संयाेजक बेबी राजभण्डारीले बताईन् । साथै, उनले खाेलामा मिसिएको ठाेस फाेहाेर उठाउन सफल भएकाे बताउदै तरल फोहोर व्यवस्थापनका लागि स्थानीय निकायकाे ध्यानाकर्षण गराईन् । हाल उपत्यकाको विभिन्न स्थानमा खानेपानीकाे समस्या भईरहेका बेला उपत्यकाको एक मात्र जिवन्त खाेला गाेदावरी खाेलालाई स्वच्छ र सफा राख्न सके खानेपानीकाे समस्या समाधान हुने संयाेजक राजभण्डारी बताउँछिन् ।

अभियानमा,प्रहरी प्रभाग लुभूका प्रहरीहरू, नगर प्रहरी, वडा नम्वर ८ की सदस्य उमा मिजार, प्याब्सनका अध्यक्ष कैलाश कुमार मल्ल,नेपाल स्काउटकि अध्यक्ष मुना खनाल, शिक्षा अभियान्ता रवीन्द्र महर्जन, समाजसेवी सुरेश पाेखरेल, गाेदावरी खाेला सरसफाइ अभियान्ताहरू सुरज श्रेष्ठ, गोपी कार्की, उमङ्ग के.सी लगायत समाजसेवी तथा स्थानीयकाे सहभागिता रहेकाे थियाे ।











