काठमाडौं । नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नका लागि डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले आज वार्ता टोली गठन गर्ने भएको छ ।

आज बस्ने नेसपाको राजनीतिक समितिको बैठकबाट पार्टी एकताको लागि वार्ता टोलीको गठन गर्न लागिएको हो ।

नेकपा माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबीच पार्टी एकताको चर्चा यसअघि बाटै चलेको थियो । शनिबार प्रधानमन्त्री समेत रहेका माओवादी अध्यक्ष प्रचण्डसँग नेसपा अध्यक्ष बाबुराम भट्टराईले एकताका विषयमा छलफल गरेका थिए ।

त्यसपछि बाबुराम भट्टराईले पार्टी एकताको विषयमा प्रचण्डसँग गम्भीर छलफल भएको प्रतिकृया दिइसकेका छन् । मंसिर ४ को निर्वाचनमा नेसपाले माओवादी केन्द्रको हसिया हथौडा चिह्नबाट चुनाव लडेको थियो ।

उता माओवादी केन्द्रले पनि शनिबार नै उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा वार्ता टोलीको गठन गरेको छ । जसको सदस्यहरुमा महासचिव देव गुरुङ, उपमहासचिवहरु गिरिराजमणी पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत रहेका छन् ।

माओवादीको उक्त वार्ता टोलीले वाम एकताका लागि पहल गर्ने जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय