हामी पानी ट्यांकीमा मतदान गर्ने युगमा छैनौँ

बनेपा, काभ्रे । नेकपा एमाले काभ्रेका अध्यक्ष अशोक व्यञ्जुले काभ्रेमा एमाले फुटेको छैन र एक ढिक्का छ भन्ने देखाउन जिल्लाको १० औँ अधिवेशनको लागि गाउँगाउँबाट मानिस धुलिखले ल्याउन लगिएको बताए । उनले बुधबार एमाले पार्टी कार्यालयमा अधिवशेन सम्बन्धी जानकारी दिन गरेको पत्रकार सम्मेलनमा सो कुरा बताएका हुन् ।

अध्यक्ष व्यञ्जुका अनुसार १० औँ जिल्ला अधिवेशमा ३० हजार मानिस सहभागि हुनेछ । उनले भने, ‘‘पार्टीकै संगठीत सदस्य मात्रै २२ हजार रहेको छ । त्यसमा विभिन्न क्षेत्रका व्यक्तिहरु गरेर ३० हजार सहभागी गराउने छ ।’

त्यस्तै उनले अधिवेशनमा सबैलाई सुबिधा हुने मञ्च व्यवस्थापनदेखि अपाङ्गमैत्री तथा पत्रकारहरुका लागि पनि छुट्टै बस्ने स्थानको व्यवस्था हुने जानकारी दिए ।

अध्यक्ष व्यञ्जुले अधिवेशनमा हाईटेक प्रविधिको प्रयोग हुने र अवको समय पानी ट्यांकीमा मतदान गर्नु युगमा नरहेको बताए ।

‘अधिवेशनमा जिल्लामै पहिलो पटक हाईटेक प्रविधि भित्रयाउने र प्रतिनिधि कार्डमा क्युआर कार्डको मध्यमबाट मतदान गर्न विधुतिय मेशिनको पूयोग गरिने छ,’ उनले भने, ‘हामीले २१ औँ युगमा पनि पानी ट्यांकीमा मतदान गरेको पनि देख्यो नि, यो विगातको भन्दा फरक शैली अधिवेशन हुने छ ।’

स्मरण रहोस्, नेपाली काँग्रेसको काठमाडौमा भर्खरै सम्मपन्न महाधिवेशनमा मतपेटिकाको रुपमा पानी ट्यांकी अर्थात् ड्रमको प्रयोग गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय