हेटौंडा । बुधबार थप मन्त्रीहरुले सपथ लिएसँगै बागमती प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री शालिकराज जम्कट्टेलले ११ सदस्यीय मन्त्रिपरिषदलाई पूर्णता दिलाउँदै सबै मन्त्रीहरुको जिम्मेवारी तोकेका छन् ।

मन्त्रिपरिषद्मा नेकपा एमाले र माओवादी केन्द्रका ४/४ जना मन्त्री बनेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टी (नेपाल)बाट ३ जना मन्त्री बनेका छन् ।

माओवादीबाट नवनियुक्त मन्त्री बन्नेहरुमा युवराज दुलाल र कुमारी मोक्तान रहेकी छन् । दुलाललाई भौतिक पूर्वाधार विकास मन्त्रालय र मोक्तानलाई सामजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

एमालेबाट मन्त्री बन्नेहरुमा जगन्नाथ थपलिया, केशवप्रसाद पोखरेल, एकालाल श्रेष्ठ र रामेश्वर श्रेष्ठ रहेका छन् । थपलियालाई आर्थिक मामिला तथा योजना मन्त्रालय, पोखरेललाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, एकालाललाई श्रम रोजगार तथा यातायात मन्त्रालय र रामेश्वरलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ । साथै, नेपाल समाजवादी पार्टीका गंगानारायण श्रेष्ठलाई आन्तरिक मामिला तथा कानून मन्त्री बनाइएको छ ।

यसैगरी राप्रपाका उद्धव थापालाई खानेपानी, ऊर्जा तथा सिंचाई मन्त्री, डम्बर तामाङलाई पर्यटन, उद्योग तथा सहकारी मन्त्री र राजु विष्टलाई वन तथा वातावरण मन्त्री बनाइएको छ ।

यसअघि प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शालिकराम जम्कट्टेलसँगै आर्थिक मामिला तथा योजना मन्त्रालयमा जगन्नाथ थपलिया र खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयमा उद्धव थापाले पद तथा गोपनीयताको शपथ लिइसकेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय