काभ्रे । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ काभ्रे आउने भएको छ । माघ २० गतेदेखि काभ्रे जिल्ला समन्वय समिति र जिल्ला खेलकुद विकास समिति काभ्रेको संयुक्त आयोजनामा हुन लागेको बृहत जिल्ला खेलकुद महोत्सवको उद्घाटन गर्न उपराष्ट्रपति पुन पनौती आउने भएको हो ।
जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपक कुमार गौतम का अनुसार फुटबल, भलिबल, कराते लगायतका १२ विधाका खेलमा १ हजार ५ सय बढी खेलाडी सहभागी हुनेछन् । खेकुलदको महोत्सवको उद्घाटन काभ्रेको पनौतिस्थित् क्षेत्रीय रंगाशालामा गर्ने गरी तयारी भइरहेको छ ।


जिल्ला खेलकुद विकास समिति काभ्रेका अध्यक्ष मानबिरले वाईबा खेलमा जिल्ला १३ पालिकामध्ये १२ वटा स्थानीय तहले सहभागीता जनाइएको बताए । उनका अनुसार चौरीदेउराली गाउँपालिकाले भने सहभागी जनाइएको छैन ।
सहभागी खेलाडीलाई खाना र बस्ने व्यस्था आयोजकले नै गर्ने बताइएको छ । सबै विधाका पहिलो, दोस्रो र तेस्रो हुने टिमले क्रमशः नगद ३० हजार, २० हजार र १० हजार रुपैँया पुरस्कार पाउने छन् ।
यसअघि माघ ६ देखि ८ गतेसम्म गर्ने तयारी गरेको खेलकुद महोत्सव अधिकांश स्थानीय तहहरुमा ल्होछार पर्वको सार्वजनिक विदा भएको कारण आयोजकले तोकिएको समयसीमा खेलाडीहरुको नाम दर्ता हुन नसकिने भएसँगै खेलको मिति परिवर्तन गरिएको हो ।
खेलकुद विकास समितिका अध्यक्ष वाईबाले स्थानीय तहहरुबाट समेत दर्तासँगै खेल मिति सार्न माग भएपछि माघ २० गतेदेखि सुरु गर्ने गरी समय बढाएको बताए । उनका अनुसार महोत्सवको सम्पुर्ण तयारी तीव्र रुपमा अघि बढिरहेको छ ।
खेलहरु जिल्लाका प्रमुख सहर पनौती, बनेपा र धुलिखेलमा हुने आयोजकले जनाइएको छ । काभ्रेको इतिहासमा पहिलो पटक हुन लागेको खेलकुद महोत्सवले खेलप्रमीमा उत्साह थप्नुको साथै निकै चासोका साथ हेरिएकोे छ । खेलकुद महोत्सवमा ६० लाख खर्च हुने अनुमान गरिएको छ ।










