चितवन । नारायणी नदीमा ४० हजार माछाका भुरा छाडिएको छ । रहु र नैनी जातका ४० हजार भुरा प्राकृतिक जलाशय मत्स्य प्रर्वद्धन एवं संरक्षण केन्द्र हेटौडा मकवानपुरले नारायणी नदीमा छाडेको हो ।

कार्यालयका प्रमुख सरोजकुमार यादवले जलीय जैविक विविधता संरक्षण तथा प्राकृतिक जलाशयमा आश्रित समुदायको आयस्तर अभिवृद्धिका लागि स्थानीय जातको माछा नदीमा छाडिएको जानकारी दिए ।

कार्यालयले अघिल्लो वर्ष पनि नारायणीमा ४० हजार भुरा छोडेको र यसपटक स्याङ्जास्थित काली नदी र कोशी नदीमा पनि माछाको भुरा छोड्ने योजना रहेको यादवले बताए ।

यस अघि मकवानपुरको सामरी नदीमा पनी ३४ हजार माछा भुरा छाडिएको थियो। खोला नालामा फोहोर ढल मिसाउने, बिषादी हाल्ने, करेन्ट लगाउने, पासो थाप्ने लगायतका कारणबाट जलचर मासिने क्रम बढेकाले यसको संरक्षण गरी नदीमा आश्रित समुदायको जीवनस्तर विकासका लागि आफूहरूले यो कार्यक्रमलाई निरन्तरता दिइएको यादवको भनाइ छ।

आफूहरूको मेचीदेखि महाकाली सम्म कार्यक्षेत्र रहेको र नदी नालाको अध्ययन गरी कुन प्रजातिको माछा संकटमा छ त्यसको आधारमा माछालाई संरक्षण गर्न भुरा छाडिदै आएको उनले बताए ।

नेपालमा चार लाख १ हजार हेक्टर प्राकृतिक जलाशयको क्षेत्रफल रहेको र देशमा उत्पादन हुने कुल ९७ हजार मेट्रिक टन माछाहरू मध्ये २१ प्रतिशत माछा प्राकृतिक जलाशयबाट उत्पादन हुंँदै आएको छ । प्राकृतिक जलाशयमा ४ लाख जनसंख्या निर्भर रहेको अनुमान छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय