धनुसा । मधेस प्रदेश सरकारका नवनियुक्त ६ मन्त्री र ३ राज्यमन्त्रीले शपथ लिएका छन् । प्रदेश प्रमुख हरिशंकर मिश्रसमक्ष शुक्रबार मन्त्रीहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् ।
महेशप्रसाद यादव शिक्षा, विज्ञान तथा बाणिज्य, सुनिताकुमारी साह सामाजिक विकास तथा सत्रुधनप्रसाद सिंह गृह तथा सञ्चारमन्त्री नियुक्त भएपछि शपथ ग्रहण गर्नुभएकाे हाे ।
सिंहासन कलावार खानेपानी तथा उर्जा विकास, राजकुमार लेखी कानून न्याय तथा प्रदेश मामिला र मोहम्मद जयद खा आलम महिला तथा बालबालिका, युवा तथा खेलकुदमन्त्री बनेका छन् ।
शेख अब्दुल कलाम आजाद सामाजिक विकास राज्यमन्त्री, केशव राय गृह तथा सञ्चारराज्यमन्त्री र सञ्जयकुमार यादव भूमि व्यवस्था तथा कृषि राज्यमन्त्री बनेका छन् । माओवादीले दुई मन्त्री मागे पनि एउटा मात्रै पाएको भन्दै सरकारमा सहभागी भएको छैन ।