काठमाडौँ । इन्डियन आइडल ‘पवनदीप राजन’ नेपाल आउने भएका छन् । आगामी १ माघमा ठमेलस्थित ‘एलओडी’ क्लबमा आयोजना हुने ‘पवनदीप लाइभ इन नेपाल’ कार्यक्रममा प्रस्तुति दिन उनी नेपाल आउने भएका हुन् ।
क्लबका निर्देशक रविन श्रेष्ठले काठमाडौँका दर्शक नचाउन पवनदीप नेपाल ल्याउन लागेको बताए । पनवदीप इन्डियन आइडलको सन् २०२१ सिजन १२ का विजेता हुन् । सोही प्रतिष्पर्धामा अरुणिता काजीलाल दोस्रो बनेकी थिइन् ।
अंग्रेजी नयाँ वर्ष लागेसँगै नेपालमा विदेशी कलाकार आउने क्रम बढेको छ । कोभिड संक्रमणको संख्या बढिरहेको समयमा कार्यक्रम गर्नु चुनौतीपूर्ण छ । जनस्वास्थ्यको मापदण्ड अपनाएर भए पनि सांगीतिक कार्यक्रम आयोजना गरिने आयोजकले जनाएको छ । यसअघि एलओडीमा बलिवुड तथा हलिवुडका कलाकारले प्रस्तुति दिइसकेका छन् ।
शनिबार बलिउड कलाकार असिम कौरको पनि दरबारमार्गमा रहेको क्लब प्लेटिनममा ‘राता लम्बिया नाइट विथ आसीस कौर’ कन्सर्ट आयोजना हुँदैछ । जसका लागि उनी शुक्रबार मध्यान्न काठमाडौं आउँदैछिन् ।