![](https://globalkhabars.com/wp-content/uploads/2022/01/20220107050828_IMG_8996.jpg)
धुलिखेल, काभ्रे । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भारतलाई खुशी पार्न नेपाली कांग्रेसले महाधिवेशनमा चुच्चे नक्सा गायब पारेर बुच्चे नक्सा टाँसेको आरोप लगाएका छन् । शुक्रबार नेकपा एमाले काभ्रेको दशौँ जिल्ला अधिबेशनमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
एमाले अध्यक्ष ओलिले चुच्चे नक्साको सट्टामा बुच्चे नक्सा टाँसेकोमा गल्ती महसुस गरेर भारत रिसाउने डरले गल्ती भयो सम्म नभनेको बताए ।
![](https://globalkhabars.com/wp-content/uploads/2024/02/Chhar-Nepal-Construction-Pvt.-Ltd.-247x300.jpg)
![](https://globalkhabars.com/wp-content/uploads/2024/07/MAHABHARAT-GAUPALIKA-BIPAT-240x300.jpg)
उनले भने ‘कांग्रेसले बुच्चे नक्सा टाँसेर महाधिवेशन सम्पन्न गरेका छन् । संचार मध्यममा बुच्चे नक्सा राखेको बारे कुरा उठाउदा समेत मालिक डराउँछ भनेर हामीले गल्ती गर्योसम्म भन्न सकेन ।’
त्यस्तै अध्यक्ष ओलीले सरकारले प्राविधिक शिक्षा परिषद् समाप्त पार्ने षड्यन्त्र रचिरहेको आरोप लगाएका छन् । उनले अध्यादेशमार्फत प्राविधिक शिक्षा परिषद्लाई संस्थान बनाएर खतम पर्न लागेको बताए ।
अध्यक्ष ओलीले आफूहरूले प्राविधिक शिक्षालाई ७० प्रतिशतसम्म पुर्याउन चाहेको तर वर्तमान सरकारले सिध्याउन लागि परेको बताए ।
‘अहिलेको सरकारले प्राविधिक शिक्षा खत्तम पार्न खोजेको छ’, उनले भने, ‘हामीले प्राविधिक शिक्षालाई ७० प्रतिशत पुर्याउनुपर्छ भनेका थियौँ तर अध्यादेश ल्याएर प्राविधिक शिक्षा परिषद्लाई खत्तम पार्ने षड्यन्त्र भइरहेको छ ।’