खानीखोला, काभ्रे । काभ्रेको विकट खानीखोला गाउँपालिका–७ स्थित् खजुलीलेकमा तामाङ सामुदायको धार्मिक तथा साँस्कृतिक पर्व सोनाम ल्होछार मनाइएको छ ।
शानिबार तामाङ सामाज खजुलीलेकको आयोजनामा २८५९ औं (तावर ल्हो) सोनाम ल्होछार भव्य रुपमा मनाइएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य तिर्थ लामाले आफ्नो कार्यकालभित्र खजुलीलेक लगायतका खानीखोला क्षेत्रमा नागरिकले सहज रुपमा हिड्न सक्ने गरी मोटरबाटोको लागि पहल गर्ने बताए । उनले गत मंसिर ४ जनताले भोट दिएर आफुमाथि गरेको गुण नविर्सिने बताउँदै आफुलाई सम्झेको बखत जतिबेला पनि उपस्थित हुने प्रतिबद्धता ब्यक्त गरे ।


तामाङ समाज खजुलीलेकका अध्यक्ष कृष्णबहादुर घिसिङको सभापतित्वमा सम्पन्न ल्होछार बृहत साँस्कृतिक कार्यक्रममा प्रदेशसभा सदस्य लामासँगै खानीखोला गाउँपालिकाका उपाध्यक्ष दोर्जेमान जिम्बा, नेकपा माओवादी केन्द्र खानीखोला गाउँपालिका कमिटीका अध्यक्ष अविरल जिम्बा, वडा सदस्य रोहन लामा, चिर्मोमाया लामा लगायत विभिन्न संघसंस्थाका प्रतिनिधि र सहयोगी दाताहरुको उपस्थिति रहेका थिए ।
औपचारिक कार्यक्रम पश्चात सुरु भएको साँस्कृतिक कार्यक्रममा तामाङ चलचित्रका नायिका सुनिता लुङ्बा, कलाकारहरु कोसिस थोकर, च्वाइस लामा, प्रमिला ब्लोन, निमा लामा, पाल्देन लामा सहित स्थानीय कलाकारहरुले दमदार प्रस्तुती राखेका थिए । कलाकारहरुको प्रस्तुति हेर्न स्थानीयको बाक्लो उपस्थिति समेत रहेको थियो । कार्यक्रम सञ्चालन भने नायारण सिं तामाङ र गायक सानुबाबु घिसिङले गरेका थिए ।










