काभ्रे । जिल्लाको रोशी गाउँपालिकामा सडक खन्ने क्रममा पहिरो खस्दा डोजर पुरिएको छ । आइतबार रोशी–६ को रिगेनस्थित् सडक खन्ने क्रममा माथिबाट खसेको पहिरोले डोजर पुरिएको हो ।
सडक खन्ने क्रमममा माथिबाट आएको सुख्खा पहिरोले बा ३ ख ३२४२ नम्बरको क्याट ३२३ को इस्काभेटर डोजर पुरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । रिगेन पार्टी टोल सडक निर्माण उपभोक्ता समितिको अध्यक्ष आकाश तामाङले सडक खनिरहेको बेला एक्कासि माथिबाट पहिरो खस्दा बताए । उनका अनुसार डोजरमा आंशिक्ष क्षति पुगेपनि कुनै मानवीय क्षति भने भएको छैन ।


कटुन्जे प्रहरी कार्यालयबाट प्रहरीको टोली घट्नास्थल पुगेका छन् । त्यस्तै डोजर अपरेटर पदम घिसिङले आफुले काम गरिरहेको अवस्थामा पहिरो खस्दा डोजरको पछाडिको भाग पुरै पुरिएको जानकारी दिए ‘अगाडीपट्टि बाटो खन्दै थिए, माथिबाट पहिरो एकाक्सि आएर डोजरको पछाडिको भाग पुरि हाल्यो, डोजरलाई त्यहाँबाट छल्ने र आफु भाग्ने समय नै पाएन,’ । उनले भने, ‘धन्न अगाडीपट्टिको भागमा परेन, नभएमा म पनि पुरिने रहेछु ।










