काठमाडौं । दुबै मृगौला फेल भएकी काभ्रेको बेथानचोक गाउँपालिका –५ च्यासिखर्ककी सनिका तामाङले उपचारका लागी आर्थिक सहयोग गर्न सबैमा अपिल गरेकी छन् ।
बिगत १ बर्षदेखी मृगौला फेल भएर उपचार गराउदै आएकी २१ बर्षिय तामाङले परिवारको आर्थिक अवस्था अत्यन्तै दयनिय भएकोले उपचारका लागी सहयोग गर्न सबैमा अपिल गरेकी हुन् ।


सनिकाले हाल शिक्षण अस्पताल काठमाडौमा उपचार तथा डायलासिस गरिरहेको बताएकी छन् । घरको आर्थिक अवस्था कमजोर छ ,कसैले सहयोग गरे नँया जिवन पाउने आशा छ, पिडीत तामाङले भनिन् ।
डाक्टरको सल्लाह अनुुसार मृगौला प्रत्यारोपण गर्न सकिने जनाएपनि आर्थिक अभाव र दिने दाता नभएकाले समस्या परेको उनका परिबारजनको भनाई छ । अहिले पछिल्लो समयमा निःशुल्क डायलासिस गराएपनि अन्य खर्च जोडदा खर्चले धान्न नसकेको पिडीत तामाङले बताईन् । उपचारमा हालसम्म ७ लाख भन्दा बढी खर्च भएको बिरामीका भिनाजु अमृत तामाङले ग्लोबल खबरलाई जानकारी दिए ।

सनिकाको घरको आर्थिक अवस्था निकै कमजोर भएकोले मिस तामाङ २०२१ को बिजेता सफलता थिङ तामाङले सबै सहयोगी दाताहरु मिलेर सहयोग गर्ने सबैलाई आग्रह गरिन् । तामाङले विभिन्न राजनितीक दल, समाजिक संघ सस्था, बुद्धिजीवी, समाजसेवी लगायत मिडिया कर्मीहरु सबैले सनिकालाई सहयोग गर्न अपिल गरेकी छन् ।
सनिकाको बुबा सनिका एक बर्ष भएको बेलामा अकालमै मृत्यृ भएपछि उनको आमाले अर्कैसंग विवाह गरिन् । हाल सनिकाको परिवार हजुर बुबाको सहारामा घर दैनिकी चलाउँदै आएका छन् । उनको उपचारमा सहयोगका लागि सबैले आ–आफ्नो तर्फबाट सहयोग गरिदिन उनका आफन्तहरुले आग्रह गरेका छन् ।
उनका परिबारजनले आर्थिक सहयोग गर्न चाहानेले अमृत तामाङको एन आई सी एसिया बैंक लिमिटेडको खाता नम्बर १७३५७५११०४४५८००१ मा जम्मा गरिदिन वा ९८२३०११३९१ मा सम्र्पक गर्न आग्रह गरेका छन् ।










