गठबन्धनलाई एमालेको जस्तो आमसभा गरेर देखाउन ओलीको चुनौती
धुलिखेल, काभ्रे । एमाले अध्यक्ष केपी ओलीले यतिबेला नेपाली कांग्रेस पतनको बैशखी टेकेर लख्यार्क-लख्यार्क हिडिरहेको आरोप लगाएका छन् ।
शुक्रबार एमाले काभ्रेको १० औँ जिल्ला अधिवेशनमा उनले यस्तो आरोप लगाएका हुन् ।
कांग्रेस राष्ट्रियताको सम्बन्धमा बोल्न र राष्ट्र शब्द उच्चारण गर्न समेत नसक्ने हालतमा रहेको बताए ।
अध्यक्ष ओलीले कांग्रेस, माओवादी लगायतका गठबन्धनले एमाले जस्तो ठूलो आम सभा गर्न नसकेको र गरेर देखाउन चुनौती दिए । ‘काभ्रेमा यति ठूलो उपस्थितीमा अरु पार्टीले यस्तो सभा गर्न कहिले सक्ने छैन’, उनले भने, ‘काभ्रेमा पाँचै दल मिलेर यत्रो सभा गरेर देखाउन चुनौती दिन्छु ।’ त्यस्तै अध्यक्ष ओलीले देश बनाउने र जोगाउने पार्टी नेकपा एमाले मात्रै भएको समेत बताए । उनले एमालेले गरेको कामहरु देखेर विभिन्न पार्टीपरित्याग गरेर पार्टी प्रवेश गर्नेलाई स्वागत गर्न आफू काभ्रे आएको बताए ।
उनलेे भने, ‘एमाले बृद्ध–बृद्धाको, आमा–बुबा तथा आम जनताको आर्शिवाद मिलेको पार्टी हो ।’