धुलिखेल, काभ्रे । नेकपा एमाले काभ्रेको अध्यक्षमा अशोक ब्यन्जु सर्वसम्मत निर्वाचित भएको छ । १० औं जिल्ला अधिबेशनबाट ब्यान्जु सर्वसम्मत निर्वाचित भएको हो ।

एमाले काभ्रेका अनुसार उपसचिव रिता ढकाललाई सर्वसम्मत चयन गरेपनि बाँकी पदाधिकारीमा टुङ्गो लाग्न सकेको छैन ।

बन्दसत्रले अध्यक्षमा ब्यान्जु र उपसचिवमा ढकाललाई बनाउन सहमति जुटाए पनि बाँकी पदहरूमा सहमति जुट्न सकेको छैन । ढकाल नेकपा फुटेपछी माओवादी केन्द्र छोडेर एमालेमा लागेका हुन् ।

तर बन्दसत्रले जिल्ला सदस्हरुमा एकता प्रकृयाबाट आएकाहरुका लागि छुटाइएको पदहरुमा भने सहमति जुटाएका छन् ।

जसमा कुलदेव अस्तानी, सम्झना गरियार, रमेश नेपाली, मोहन भुजेल, रामकुमार तामाङ, नेत्रप्रसाद गौतम, नारायण गौतम, शुर्दशन थापा र राजेन्द्र केसी, निरध्वोज लामा र मोहन गजुरेल रहेका छन् ।

बाँकि पदहरुमा सहमति जुटाउने प्रयास जारी छ । सहमति नभए बाँकी पदहरूमा निर्वाचनमा जाने काभ्रे एमालेले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय