ललितपुर। कलाकारहरूको साझा संगठन राष्ट्रिय संगीतकर्मी संघ गाेदावरी नगरपालिकाकाे दाेस्रो अधिवेशन सम्पन्न भएको छ ।
आईतबार ललितपुरकाे चापागाउँस्थित जन भावना क्याम्पसमा एक कार्यक्रम गरी जिल्ला समन्वय समिति (जिसस) प्रमुख ऋषिदेव फुयालकाे प्रमुख आथित्यतामा सम्पन्न अधिवेशनले अनुप न्याैपानेकाे अध्यक्षतामा १३ सदस्य रहेकाे नयाँ कार्यसमिति निर्वाचित गरेकाे छ ।


जिसस प्रमुख फुयालले कला साहित्यले समाज परिवर्तनमा उल्लेख्य याेगदान पुर्याएकाे बताउँदै स्थानीय तह, संघ र प्रदेश तीन वटै सरकारले कला क्षेत्रकाे विकासका लागि नीति नै बनाएर सहयाेग गर्नुपर्ने बताए । साथै, उनले संघलाई र कलाकारहरुलाई सक्दाे सहयोग गर्ने बताए ।
न्याैपानेकाे अध्यक्षतामा नवनिर्वाचित समितिमा वरिष्ठ उपाध्यक्ष बाबू कृष्ण सापकोटा, उपाध्यक्ष राम गाेपाल खड्का, सचिव बेबी राजभण्डारी,सह-सचिव सुरज खड्का, काेषाध्यक्ष राजन न्याैपाने रहेका छन् । यसैगरी, सदस्यहरूमा सन्तोष तिमल्सिना,सबिना न्याैपाने,सीता न्याैपाने,निर्मला तिमल्सिना,अनिता श्रेष्ठ,सम्झना खड्का र श्रेया श्रेष्ठ निर्वाचित भएका छन् । यसैगरी, अधिवेशनले प्रबक्तामा मनाेज बजगाईलाई चयन गरेकाे छ ।
कार्यक्रममा, राष्ट्रिय संगित कर्मी संघ बागमति प्रदेशकि काेषाध्यक्ष श्रेया दुलाल, ललितपुर जिल्ला अध्यक्ष सुवास महत, जिल्ला सदस्य श्याम सुन्दर तिमल्सिना लगायतकाे उपस्थिति रहेकाे थियाे ।










