मायालु लामा, ललितपुर । गाेदावरीखोला क्षेत्र सरसफाइ अभियानको २१० औं हप्ताको सचेतनामुलक कार्यक्रम गाेदावरी खाेलाकाे सहायक खाेला खहरेमा बृहत् सरसफाइ कार्यक्रम गरि सम्पन्न भएको छ ।

उक्त बृहत सरसफाइ कार्यक्रम डिभिजन वन कार्यालय ललितपुरको आयोजनामा गाेदावरी नगरपालिका वडा नम्बर ३ र  गाेदावरी खाेला सरसफाइ अभियानको सहकार्यमा कुना खाेला देखि गाेदावरी खहरे खाेलासम्म सचेतनामुलक बृहत् सरसफाइ कार्यक्रम सम्पन्न गरिएको हाे ।

डिभिजन वन कार्यलयका डिभिजनल वन अधिकृत राम कुमार भण्डारीले गाेदावरी खाेला सरसफाइ अभियानले नियमित गर्दै आएकाे सचेतना मुलुक कार्यक्रममा साथ र सहकार्य गर्दै अघि बढ्ने बताए । साथै, आगामी दिनमा नदि जलधारहरू जलचर संरक्षणका लागि ९ वटा खाेलामा सरसफाइ तथा जनचेतना मुलक कार्यक्रम गर्न लागिएको जानकारी दिए ।

सहायक वन अधिकृत दुर्गा पाेखरेलकाे संयाेजकत्वमा भएको कार्यक्रम संचालन भने सहायक वन अधिकृत थिर प्रसाद काेईरालाले गरेका थिए । यसैगरी, २५० जना भन्दा बढीकाे सहभागीतामा गरिएको सरसफाइमा पाँच टन फाेहाेर संकलन भएको र उक्त फाेहाेर नेप्काे नेपाल हरिसिद्वीकाे सहयाेगमा व्यवस्थापन गरिएको गाेदावरी खाेला सरसफाइ अभयानकि संयाेजक बेबी राजभण्डारीले जानकारी दिईन् ।

कार्यक्रममा गाेदावरी नगरपालिका वडा नम्बर ३ का अध्यक्ष सानुराज घिमिरे,फुलचाेकी संरक्षण समित, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्र, राष्ट्रिय वनस्पति उद्यान, प्रहरी प्रभाग बाडेगाँउ, पुष्प विकास केन्द्र गाेदावरी, इसिमाेड ललितपुर,सेन्ट जेभियर्स स्कुल गाेदावरी, नाैधारा सा.व.उ.स, गाेदावरी कुण्ड सा.व.उ.स, दियाले डाँडा सा.व.उ.स, जयभद्रे सा.व.उ.स, बज्र बाराही सव डिभिजन वन कार्यलय, दलित कृषक महिला समुहका प्रतिनिधिहरू लगायत अभियान्ताहरूकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय