काठमाडौ । नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली हिँड्ने सडकमा स्थानीयवासीले ढाट लगाएका छन् ।

अध्यक्ष ओली आउने भएपछि पूर्व-पश्चिम राजमार्गको झिलझिलेबाट दक्षिण चार सय मिटर सडकमा परेको खाल्डाखुल्डी माटो पुरेर आँखामा छारो हाल्ने काम गरेको भन्दै स्थानीयले विरोध गर्दै ढाट लगाएका हुन् ।

आइतबार अध्यक्ष ओली झापाको शिवसताक्षी नगरपालिका-८ झिलझिलेमा ५० करोडको लागतमा निर्माण भएको वाटर किङ्डम पार्कको उद्घाटनका लागि जाने कार्यक्रम छ ।

नगरप्रमुख चन्द्रकुमार शेर्माले बिहीबार नै सम्बन्धित वडाका वडाध्यक्षलाई सडकमा परेका खाल्टा पुर्नका लागि अख्तियारी दिएका थिए ।

तर परेका खाल्डामा पालिकाले माटो ल्याएर पुरेको भन्दै स्थानीयले सोको विरोध गर्दै ढाट लगाएको बताए । ‘हाम्रो विरोध होइन, खबरदारी मात्र हो । पालिकाले लापरबाही गर्नु हुन्न,’ एक स्थानीयले भने ।

स्थानीयले परेका खाल्डाखुल्डीको लागि ल्याएको माटो तत्काल फिर्ता लगेर कालोपत्रे गर्न समेत माग गरेका छन् ।

शिवसताक्षी नगरको पार्टी स्थानीय कमिटीले पार्क उद्घाटन गरेपछि २५६ लामो र ५८ फिट उचाइको जीपलाइनको मजा लिने ओलीको कार्यक्रम रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय