काठमाडौं । तामाङ डाजाङको अध्यक्षमा पुनः फुलकुमार बोम्जन चयन भएका छन् । शनिबार काठमाडौंमा सम्पन्न तामाङ साहित्यिक संस्था डाजाङको अधिवेशनले अध्यक्षमा पुनः बोम्जनलाई चयन गरेका हुन् ।

अधिबेशनले उपाध्यक्षमा मणिकलाल घिसिङ, सचिवमा निकिता लामा, सह सचिवमा कबिराज काल्तान, कोषाध्यक्ष स्वयंबर सिंह घलान चयन भएका छन् ।

त्यस्तै सदस्यहरुमा जंग योन्जन, तेज योन्जन, मनिषा लो, वाङजू पासाङ तामाङ, मानकाजी पाख्रिन, निमाजोङ तामाङ, हिरामाया घिसिङ, शुभलाल तामाङ, किशोरी कुमारी तामाङ, सन्ध्या सुस्केरा र रचना मोक्तान रहेका छन् ।  नव निर्वाचित अध्यक्ष बोम्जन लामो समय देखि नेपाली संगीत र साहित्यको माध्यममार्फत तामाङ भाषाको संरक्षण तथा प्रवर्धनमा लाग्दै आएका छन् ।

‘तामाङ डाजाङ’ तामाङ साहित्यको क्षेत्रका काम गर्ने उदेश्यका साथ २०५८ सालमा स्थापना भएको हो ।

संस्थाले स्थापनाकालदेखि नै तामाङ भाषाको संरक्षणका लागि साहित्य लेखन, पत्रिका प्रकाशन, साहित्यक पुस्ताकहरु प्रकाशन, नियमित साहित्यिक श्रृखला संलचानलगायत विविध गतिविधि सन्चालन गर्दै आएको छ । अधिबेशनको अवसरमा डाजाङको २०९ ग्याईकाई गेताङ समेत भएको थियो ।

तामाङ भाषा लेखन मानकिकरणको पुस्तिका तयार पारि लेखन अभ्यास, तामाङ साहित्यक आन्दोलनको उठान, मातृभाषा शिक्षाका लागि आवाज बुलन्द पार्ने तथा साहित्यका विभिन्न विधामा लेखनवृद्धिका लागि प्रशिक्षण, छलफल तथा कार्यशालाहरु पनि गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय