काठमाडौ । नेपाल तामाङ घेदुङ अन्तर्गतको संगठन नेपाल तामाङ विद्यार्थी घेदुङले मातृभाषा खुला कविता प्रतियोगिता गर्ने भएका छन् ।

विद्यार्थी घेदुङले तामाङ समुदायको साँस्कृतिक पर्व तथा नयाँ बर्ष सोनाम ल्होछारको अवसरमा तामाङ मातृभाषा खुला कविता प्रतियोगिता आयोजना गर्न लागेका हुन् ।

विद्यार्थी घेदुङका अध्यक्ष दिनेश लोले संस्थाको २८औं स्थापना दिवस तथा २८५८ (ताक ल्हाे) ल्होछारका अवसरमा मातृभाषा कविता प्रतियोगिता आयोजना गर्न लागेको जानकारी दिए । उनका अनुसार कविता प्रतियोगिता आगामी माघ १५ गते दिन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा हुनेछ ।

‘प्रतियोगितामा सहभागीले शिक्षा र तामाङ संस्कृति’ शीर्षकमा आधारित भई कविताको सिर्जना गर्नुपर्नेछ’, उनले भने, ‘कविता १५० देखि २०० शब्दसम्मको हुनुपर्नेछ ।

त्यस्तै विद्यार्थी घेदुङका केन्द्रिय सदस्य अमृत योन्जनले प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित ट्रफी तथा प्रमाणपत्र  रहेको जानकारी दिए । उनले सान्त्वना पुरस्कारमा २ हजार नगदसहित ट्रफी तथा प्रमाणपत्र प्रदान गरिने बताए ।

प्रतियोगितामा सहभागी हुन इच्छुकले बौद्ध चुच्चेपाटीस्थित नेपाल तामाङ घेदुङको कार्यालयमा यही पौष २९ देखि माघ १० सम्म सम्पर्क राखी नाम दर्ता गर्नुपर्ने आयोजकले जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय