धुलिखेल, काभ्रे । नेकपा एमाले काभ्रेको दशौँ जिल्ला सम्मेलनको बन्द सत्र धुलिखेलमा जारी छ । बन्द सत्रले सकेसम्म पदाधिकारीसहित सबै सदस्यमा सर्वसम्मत चयन गर्न खोजिए पनि आकांक्षी धेरै हुँदा टुङ्गो लाग्न सकेको छैनन् ।
यसैबिच इन्द्र तामाङले जिल्ला सचिव पदको लागि आफ्नो उम्मेदवारी पेश गरेका छन् । तामाङ यसअघि जिल्लाको उप–सचिव समेत हुन् ।
इमान्दार र त्यागी नेता तामाङ सचिव पदको योग्य रहेको र जिल्लाको सचिवमा उनी नै हुनुपर्ने कर्याकर्ताहरुको भनाई छ ।
नेता तामाङले सहमतीको प्रयास गरेपनि सफल नभएपछि आफु लोकतन्त्रिक विधिलाई अपनाउँदै निर्वाचनबाटै टुङ्गो लाग्ने गरी उम्मेदवारी दिएको बताए । उनले पार्टीको लागि दिएको योगदानका हिसावले पनि आफु सचिव पदको लागि योग्य भएको बताए ।
उपाध्यक्ष, सचिव, उपसचिव र केही सदस्यहरुमा आकांक्षी धेरै भएको र सवसहमतीबाट चयन हुने अवस्था नबनेसँगै निर्वाचनको गर्नु पर्ने अवस्थामा पुगेको एमाले काभ्रेले जनाएको छ ।
एमाले काभ्रेको अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव गरी पाँच जना पदाधिकारी रहने छन् ।