काठमाडौं । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ की अध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले महिलाहरुलाई सशक्त रूपमा अघि बढ्न आह्वान गरेकी छिन् ।
बुढानिलकण्ड नगरपालिका वडा नम्बर १० को आयोजना तथा नागरिक आवाजको संयोजनमा ११३ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बुधबार काठमाडौँको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले नारी दिवसका दिनमात्र महिलाको हकहितसम्बन्धी कुरा गर्दैमा उपलब्धि नहुने विचार व्यक्त गरेकी हुन् । उनले महिला आन्दोलनका कारण नै देशले महिला राष्ट्रपति पाएको बताउँदै महिला सशक्त भएमात्र देशको विकास हुने बताइन् ।


नारी दिवसका अवसरमा आयोजना भएका यस कार्यक्रमले महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्दै वडाध्यक्ष पाण्डेले महिलाको सक्रियता, जुझारुपन र अठोटको सम्मान समेत व्यक्त गरिन् । वडाध्यक्ष पाण्डेले ३ महिना सम्म हुने तालिमले हिंसामुक्त समाज निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै यस्तो तालिम अब निरन्तररुपमा नगरपनलिकाभरी सञ्चालन गर्न जरुरी रहेको बताईन् । महिला कमजोर भएकै कारण हिंसा वा बलात्कार हुन्छ भन्ने मान्यता स्थापित हुने गरी तालिम सञ्चालन गर्न नहुने उनी बताउँछिन् ।
यसैगरी,कार्यक्रममा वडा नम्बर १० की सदस्य दिल कुमारी विकले सबै मिलेर हिंसासम्बन्धी चुनौतीको सामना गर्नका लागि एकजुट हुनुपर्ने बताईन् । यस्तै, ३ महिनासम्म हुने आत्मरक्षा तालिम लिएपछि विद्यार्थीहरूमा आत्मविश्वास बढ्नेमा उनी विश्वस्त भईन् ।
यस्तै ,कलाकार एवम् समाजसेवी अन्जना श्रेष्ठले सामाजिक सञ्जालहरुको प्रयोग तथा मोबाइल गेमहरु जस्ता कुरामा अत्यधिक लतमा परेका कारण नै हिंसा बढ्ने गरेको बताउँदै सामाजिक सञ्जालको प्रयोगमा सुरक्षा तथा सावधानी अपनाउनुपर्ने बताइन् । शिक्षा, सीप र रोजगारीको माध्यमबाटै आजका महिलालाई नेतृत्व तहमा पु-याउन सके महिलाको समृद्धि र समग्र मुलुकको विकास हुने उनको भनाई छ । महिला राष्ट्रपति भएपनि मुलुकमा दिनहु जसाे बलात्कार, शारीरिक हिंसा जस्ता घटनाहरू घट्ने गरेकाे बताउँदै सरकारले यी र यस्ता घटना हुनै नदिने खालका कानुन जारी गर्नुपर्ने समाजसेवी श्रेष्ठ बताउँछिन् ।
कार्यक्रममा वरिष्ठ कलाकार दिपक पाठक र गायन राईले उपस्थित सम्पुर्णमा मिठो संगीतको धुनले मनाेरन्जन प्रदान गरेका थिए भने विद्यार्थीहरू विभिन्न गीतमा नृत्य प्रस्तुत गरेका थिए । यस्तै, आत्मरक्षा तालिमका प्रशिक्षक अनिल चौधरीले उपस्थित विद्यार्थीहरूलाई आत्मरक्षा सम्बन्धी विषयमा जानकारी दिदैं आफुले बालबलिकाहरुलाई आत्मबल बढाउनका लागि ३ महिना शिविर संचालन गर्न लागेको बताए ।
यसैगरी, नागरिक आवाजकी अध्यक्ष रिता थापाले हिंसा न्यूनीकरणको लागि शिक्षासँगै आत्मरक्षा तालिम जरूरी भएको बताईन् । उनी भन्छिन्, “आत्मरक्षा तालिम भनेको हिंसा जहाँ शुरू हुन्छ, त्यहीं अन्त्य हुनुपर्छ भन्ने हो । विद्यालय आवतजावतका क्रममा किशोरीमाथि विभिन्न स्थानमा दुव्र्यवहार हुन सक्ने देखिएकाले त्यसबाट जोगाउन तालिम ले सहयोग पुग्ने उनको विश्वास छ। देशका विभिन्न क्षेत्रका महिलामाथि हुने बलत्कार, जबरजस्ती करणी, कुटपपिट जस्ता घटना मौलाउदै गएको बेला वडाको आयोजनामा आत्मारक्षा तालिम दिन पाउँदा खुशी लागेको बताईन् ।
आत्मरक्षा तालिमले किशोरीहरुको आत्मबल बढाउने अध्यक्ष थापा बताउँछिन् । ‘यस्ता तालिमले किशोरीहरुलाई आत्मबल बढ्नुका साथै समस्यामा पर्दा प्रतिकार गर्न सहज हुनेछ,’ उनले भनीन् ‘आगामी दिनहरुमा पनि बालबालिका तथा किशोरीको आत्मबल बढाउने खालका कार्यक्रम गर्दै जाने उनी बताउँछीन्।’
यसैगरी, कार्यक्रममा संस्थाकी सदस्य सुधा न्यौपानेले युकेजि देखि कक्षा १ सम्मका विद्यार्थीहरूलाई शैशिक सामाग्री वितरण गरेकी थिईन् भने अध्यक्ष थापाले वृद्धा भएका एकल महिलाहरूलाई सम्मान स्वरुप उपहार प्रदान गरेकी थिईन् ।।
समाजसेवी एवम गायिका बसन्ती लामाले संचालन गरेकी उक्त कार्यक्रममा बाल उद्धार माध्यमिक विद्यालयका अध्यक्ष ध्रुव प्रसाद घिमिरे, कपन प्रहरी प्रभागकी प्रहरी निरीक्षक कृष्ण बस्याल, प्रहरीहरु, प्रशिक्षक दिपक श्रेष्ठ,सुनिता श्रेष्ठ, कृष्ण मणी भट्टराई , राखिन्द्र थिङ, कृष्ण मनि भट्टराई, लिला खड्की, रति लामा बज्यु, सुनिता भट्टराई, लोकेश तम्राकार, हिरा शाही, दिपक थापा, गिता फुयाल,संस्थाका सम्पूर्ण सदस्यहरू,विद्यालयका विद्यार्थीहरू,पत्रकार लगायतकाे उपस्थिति रहेको थियो ।










