काभ्रे । नेकपा माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन काभ्रे जिल्लाको पाँचौ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट चेत लामा अध्यक्षमा निर्वाचित भएका छन् ।
लामाको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । समितिको उपाध्यक्षमा राम चन्द्र चौलागाईं, सचिवमा दिलिप जिम्बा, कोषाध्यक्षमा अर्चना अस्तानी चयन भएका छन् ।


सम्मेलनले सदस्यहरुमा होम बहादुर वाईवा,।तिर्थनाथ गौतम, बसन्त मोक्तान, मेनुका गौतम, मोहन प्रसाद गुरागाईँ, अनिक लामा, सुदर्शन तिमल्सिना, हिरा अस्तानी, शिवप्रसाद पाण्डे, गणेशमान गुरुङ, टोप प्रसाद अधिकारी, अञ्जना लामा, सानु माया लामा, ऋषिराम खनाल, प्रविण लामा, विष्णु पराजुली, केशर खनाल, र सुशीला आस्थानी चयन भएका छन् ।
निर्वाचित भएपछि अध्यक्ष लामाले सबै पदमा निर्विरोध निर्वाचित भएको प्रति खुशी ब्यक्त गर्दै संगठनको उद्देश्य प्राप्तिमा लागिपर्ने प्रतिवद्धता जनाएका छन् ।










