काठमाडौं । नेपाल तामाङ विद्यार्थी घेदुङको आठौ संघीय महाधिवेशन फागुन यही २६ र २७ गते काठमाडौंमा हुने भएको छ । सम्पुर्ण तामाङ विद्यार्थीहरु एक जुट होऔं, बहुभाषिक, वैज्ञानिक र व्यवहारिक शिक्षा नीति सुनिश्चितताको लागि हाम्रो अभियान, तामाङ भाषा, धर्म, लिपी, संस्कृति, साहित्य, कला र सम्पदाको विकास र सवद्र्धनको लागि आठौ संघीय महाधिवेशन भन्ने मुल नाराका साथ आठौ संघीय महाधिवेशन फागुन २६ र २७ गते गर्ने भएको हो ।

नेपाल तामाङ विद्यार्थी घेदुङको स्थापना २०५० सालमा भएको हो । सांगठनिक संचरना संघीय ढाँचामा गए पछिको यो पहिलो महाधिवेशन हो । महाधिवेशनमा १५० जना भन्दा बढि प्रतिनिधि तथा २५३० जनाको हारहारीमा पर्यवेक्षकहरुको सहभागी रहने विद्यार्थी घेदुङका अध्यक्ष दिनेश लोले बताए ।

नेपाल तामाङ विद्यार्थी घेदुङले सातै प्रदेश, जिल्ला, स्थानीय तथा तामाङ विद्यार्थीहरु रहेका विद्यालय, क्याम्पस र विश्वविद्यालयहरुमा अधिवेशन सम्पन्न गरिसकेको छ । एस. आर ब्याङ्क्केट चाबहिल, काठमाडौमा हुने सो महाधिवेशमा उपत्यका बहिराबाट आउने प्रतिनिधि तथा पर्यवेक्षकहरुको लागि बस्नको लागि २५ गते देखी २७ सम्मको लागि होटलको व्यवस्था रहेको अध्यक्ष लो ले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय