महाभारत, काभ्रे । काभ्रेको डाँडापारी महाभारत गाउँपालिकामा चट्याङ लागेर बाख्रा मरेका छन् ।
बुधबार दिउँसो हल्का पानी र हावा हुरीसँगै परेको चट्याङका कारण महाभारत गाँउपालिका ७ उध्याउनेमा सार्कीमान थिङका दुईवटा बाख्रा र एकवटा कुखुरा मरेका हुन् ।


कलाकार मिलन लोका अनुसार गोठमा बाँधिएर राखेको बाख्रा चट्याङ लागेर मरेका हुन् । चट्याङ लागेर थिङको गोठमा सामान्य क्षति पुगेको छ । मानविय क्षति नभएको लोले जानकारी दिए ।
काभ्रेको महाभारत पर्वत श्रृखलाआसपासका बस्ती चट्याङको उच्च जोखिममा रहेको विज्ञहरुले बताएका छन् ।










