काभ्रे । नेकपा एमाले काभ्रेको सचिव पदको उम्मेदवार इन्द्र तामाङले अधिबेशन प्रतिनिधिहरुसँग आफुलाई मतदान गरि विजय गराउन आव्हान गरेका छन् । दशौं जिल्ला अधिबेशनको बन्द सत्रले पदाधिकारीको टुङ्गो नलाउन नसकेपछि निर्वाचनबाट छिनोफानो हुने भएका हुन् ।

नेता तामाङले स्पष्ट विचार, सबल र गतिशील संगठनको लागि आफ्नो उम्मेदवारी रहेको बताए । ‘म यसअघि पार्टीको उपसचिव रहेको हिसाबले पनि मेरो सचिवको उम्मेदवारी स्वाभाविक छ’, उनले भने, ‘मैले पार्टीको लागि दिएको योगदानका हिसावले पनि सचिव पदको लागि योग्य छु, त्यसैले आम अधिबेशन प्रतिनिधिहरुप्रती मलाई मतदान गर्न आव्हान गर्छु ।’

नेता तामाङसँगै राजन भुर्तेल र रुद्रबहादुर तामाङले पनि सचिव पदको लागि उम्मेदवारी दिएका छन् । तर इमान्दार, त्यागीसँगै यसअघि उपसचिव भएकाले पनि नेता इन्द्र तामाङ सचिव नै हुनुपर्ने कर्याकर्ताहरुको भनाई छ ।

उनले सचिवमा निर्वाचित भए आफू पार्टी कार्यकर्ता र जनताको विश्वास जित्दै काम गर्ने समेत बताए । उनले भने, ‘तपाईंको अमुल्य मतदान नै असल नेतृत्वको अवसर हो ।’

सहमतीको प्रयास गरेपनि सफल नभएपछि निर्वाचनमा गएको एमाले काभ्रेले जनाएको छ । उपाध्यक्ष, सचिव, उपसचिव र केही सदस्यहरुमा आकांक्षी धेरै भएको र सवसहमतीबाट चयन हुने अवस्था नबनेसँगै निर्वाचन हुने पक्का भएको हो ।

एमाले काभ्रेको अध्यक्ष, उपाध्यक्ष, सचिव, दुई उपसचिव गरी पाँच जना पदाधिकारी रहने छन् । 

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय