काभ्रे । बागमती प्रदेशका पूर्व मन्त्री तथा प्रदेश सभा सदस्य चन्द्र लामाले उपाध्यक्षमा उम्मेदवारी दिएका छन् ।

नेकपा (एमाले) काभ्रेको १० औं जिल्ला अधिवेशनमा लामाले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।

उपाध्यक्षमा दाबी गर्नेमा पूर्व मन्त्री लामासहित कन्चन अधिकारी र हरिशरण दाहालको उम्मेदवारी परेका छन् । एक उपाध्यक्ष पदको लागि ३ जनाले दाबी गरेको हो ।

अध्यक्ष र एक उपसचिव र केहि सदस्य सर्वसम्मत चयन भए पनि अन्य पदमा धेरै आकांक्षी हुँदा सहमति जुट्न सकेनन् ।

यद्यपि सहमति जुट्न नसकेपछि निर्वाचन मार्फत टुङ्गो लाग्ने एमाले काभ्रेले जनाएको छ । अधिबेशनबाट १०५ जनाको मात्र जिल्ला कमिटी गठन हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित ख

ताजा समाचार

लोकप्रिय