काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र निकट जनसाँस्कृतिक महासंघ नेपाल वागमती प्रदेशको अध्यक्षमा विश्व दोङ निर्वाचित भएका छन् । पेरिसडाँडामा सोमबार सम्पन्न दोस्रो सम्मेलनले दोङको अध्यक्षतामा ५५ सदस्यीय प्रदेश कमिटि सर्वसम्मत चयन गरिको हो ।
प्रदेश कमिटिको उपाध्यक्षमा पुजा श्रेष्ठ र चम्पा लामा, सचिवमा काजीमान थिङ सह–सचिवमा शुसिला खड्का सचिवमा मनोज बल र कोषाध्यक्षमा कमला दोङ सर्वसम्मत चयन भएको हो ।


यस्तै सदस्यहरुमा निर्मल मोक्तान, छिरिङ तामाङ, रिजन थिङ लामा, रादिप सुनुवार, शिव हरि फुयाँल, विजय दोङ, शारदा पौडेल, हेमन्त रुम्बा, विराज थपालिया, उमेश कुमार कँडेल, इश्वर सापकोटा, राम भक्त कार्मचार्य,अष्टमान महर्जन, रोहित लामा, कुमार स्याङ्बा, विजय लामा, प्यारो तामाङ, सुदिन दोङ, माधव थापा, मिङमा लामा, कुमार लामा, नारायण देवकोटा, अमृत लामा, अभिषेक मोक्तान, धन बहादुर खड्का, हिरोज लोप्चन, ज्ञानु श्रेष्ठ, राविन्द्र थिङ, वासु तामाङ, प्रदीप अधिकारी, रेशम विश्वकर्मा, शरण थामी, आइते तामाङ, नवीन किसोर महर, असिमा लामा, चेतन लामा, दिनेश्वर महत्तो, तुल्सी भक्त सुवाल, राजेश मग्राती, प्रबिन्स मोक्तान, दिनेश लामा, ज्ञान कृष्ण श्रेष्ठ, दिपक लामा र निर्मला थिङ लगायतका चयन भएको हो ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष एवं वागमती प्रदेश इन्चार्ज अग्नि प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विशेष अतिथि माओवादी केन्द्र)का केन्द्रिय सदस्य एवं जनसाँस्कृतिक महासंघ नेपालका इन्चार्ज इश्वर चन्द्र ज्ञवाली, माओवादी केन्द्रका वागमती प्रदेश अध्यक्ष सरल सहयात्री अतिथिहरुमा माओवादी केन्द्र वागमती प्रदेश निर्वाचन आयोगका प्रमुख गोविन्द बहादुर बाटाला, महासंघ केन्द्रिय कार्यबाहक अध्यक्ष भिम कुमाखी, महासंघका उपाध्यक्ष, पदाधिकारी र केन्द्रिय सदस्यहरु, अङगिक सङगठनका प्रमुख लगायतका उपस्थित रहेका थिए ।
सम्मेलनमा बागमती प्रदेशका १३ वटै जिल्लाका प्रतिनिधि र परिवेक्षकहरु सहभागीता रहेको थियो । जनकलाकार, लेखक, ललितकला, चलचित्र , नट्या लगायतको उपस्थितिमा प्रदेशका अङ्गिक सङ्गठनका गठन गरेका थिए ।
जनकलाकार, वरिष्ठ सेलो गायक एवम् संगीतकार विश्व दोङ जनसाँस्कृतिक महासंघ नेपाल वागमती प्रदेशको अध्यक्षमा दोस्रो कार्यकालको लागि निर्वाचित भएको हो ।










